Logo

२०८३, आश्विन ११गते


images
images

राष्ट्रिय दलको सूचिमा २ दल थपिए, एकीकृत समाजवादी प्रयासरत 

राष्ट्रिय दलको सूचिमा २ दल थपिए, एकीकृत समाजवादी प्रयासरत 

images
  • सेतोमसी सहकर्मी
  • राष्ट्रिय दलको सूचिमा २ दल थपिए, एकीकृत समाजवादी प्रयासरत 
    images
    images

    काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेका छ । १६५ निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना भइरहेको छ भने समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । 

    images
    images
    images

    हालसम्म सार्वजनिक मतपरिणामअनुसार राष्ट्रिय दलको मान्यता पाउने सातवटा राजनीतिक पार्टी हुने देखिएको छ भने माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी प्रयासरत अवस्थामा छ । 

    images
    images
    images

    २०७४ सालमा पाँच राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका थिए भने यसपटक हालसम्मको परिणामअनुसार दुईवटा थपिएर सातवटा दलले राष्ट्रिय दलको मान्यता पाउनेछन् । 

    images
    images
    images

    प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दल सम्बन्धी ऐनअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ कुल सदर मतको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ पार गर्नुपर्ने हुन्छ ।  

    २०७४ सालमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय दलको मान्यता पाएका थिए । 

    यसपटक हालसम्मको परिणामअनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी राष्ट्रिय दलको मान्यता पाउने पक्का भइसकेको छ । तर, एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्ने प्रयासमा छ । 
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय दल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।