काठमाडौं । आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला कुन दलले राष्ट्रिय दलको मान्यता पाए पाएनन् भन्ने चासो बढेको छ ।
विशेषगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रयासरत रहँदा हालै गठन भएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको छ ।
प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ कुल सदर मतको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ पार गर्नुपर्ने हुन्छ । जसअनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी राष्ट्रिय दलको मान्यता पाउने पक्का भइसकेको छ भने एकीकृत समाजवादी प्रयासरत छ ।
राष्ट्रिय दल बन्दा के पाइन्छ सुविधा ?
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology