विनोद खनाल, बुटवल । बुटवल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लपकी ९६ बर्षीय आमा आशिका चन्दको शनिवार बिहान करिब ९ बजे दुखद निधन भएको छ। कपिलबस्तुको शिबगडी निवासी उनको उपचारको क्रममा निधन भएको हो।
माओबादी पार्टिबाट मोहन वैद्य किरणको नेतृत्वमा बिद्रोह गर्दै पार्टी पुनर्गठन गरेका बिप्लव एकीकृत जनक्रान्त्रिको कार्यदिशा मार्फत क्रान्ति गर्ने भन्दैपछिल्लो समय आफ्नै नेतृत्वमा नेपाल कम्युनिस्ट गठन गरेका बिप्लव आशिकाका कान्छा छोरा हुन। रोल्पामा जन्मीएकी उनी बिगत लामो समय देखि कपिलबस्तुको शिबगढिमा बस्दै आएकी थिइन। उनका तिनभाई छोरा मध्येका जेठा छोरा चन्द्र बहादुर चन्द बिरजंग गत बर्ष प्रहरी हिरासतमै रहंदा बिरामि भई उपचारको क्रममा निधन भएको थिए, भने माईला छोरा जयन्द्र चन्द गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष हुन।
नेपालको कम्युनिष्ट आन्दोलनलाई नजिकबाट हुर्काएकी आमा चन्दको दुखद निधन प्रती नेकपा केन्द्रीय समिती र सम्बद्ध जि्ल ता जनबर्गीय संगठनहरुले शोक बक्तब्य निकाली श्रद्धान्जली ब्यक्त गरेका छन।
यसैबिच नेकपा रुपन्देहीका ईन्चार्ज कृति एवं सक्रत्रटेरी बिश्वासद्वारा आईतबार शोक बिज्ञप्ति निकाली श्रद्धान्जली ब्यक्त गरिएको छ ।
बिज्ञप्तिको पुर्ण पाठ
"हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सी को ९६ वर्षिय आमा आशिका चन्दको मिति २०७९ मंसिर १७ बिहान करिव ९ बजे हुन गएको दुःखद निधनले हामीलाई स्तब्ध बनाएको छ । यस दुःखद घडिमा आमा प्रति नेपाल कम्युनिस्ट पार्टी, रुपन्देही भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ एवम् अभिभावक गुमाउदाको सर्वाधिक पिडापुर्ण यो क्षणमा पार्टी महासचिव कमरेड विप्लव, उहाको परिवार र आफन्तजनहरुमा पार्टी हार्दिक समवेदना व्यक्त गर्दछ । आमा आशिका देवि चन्दले नेपालको कम्युनिस्ट आन्दोलन, नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तिमा पुर्याएको योगदान प्रति उच्च सम्मान व्यक्त गर्दछौ । साथै दिव·त आमाको क्रान्ति र परिवर्तन प्रतिको सपना पूरा गरि छाड्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology