Logo

२०८३, आश्विन ११गते


images
images

सकियो आमनिर्वाचन

दोलखाको अन्तिम मत परिणाम सार्वजनिक, सकियो आमनिर्वाचन, प्रत्यक्षतर्फ कुन दलको कति सीट ?

दोलखाको अन्तिम मत परिणाम सार्वजनिक, सकियो आमनिर्वाचन, प्रत्यक्षतर्फ कुन दलको कति सीट ?

images
  • दोलखाको अन्तिम मत परिणाम सार्वजनिक, सकियो आमनिर्वाचन, प्रत्यक्षतर्फ कुन दलको कति सीट ?
    images
    images

    काठमांडौ । प्रतिनिधि सभातर्फको सबै १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ । दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै १ सय ६५ निर्वाचन क्षेत्रकै नतिजा आएको हो ।

    images
    images
    images

    दोलखामा प्रतिनिधि सभातर्फ गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की विजयी भएका छन । उनले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले पराजित गरे  ।

    images
    images
    images

    प्राप्त नतीजा अनुसार कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गरेका छन भने एमाले बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    यो जितसँगै माओवादी केन्द्र १८ ठाउँमा विजयी भएको छ । नेपाली कांग्रेसले ५७, एमालेले ४४, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७/७ ठाउँमा जितेका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक/एक ठाउँमा जितेका छन् । स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आमनिर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।