Logo

२०८३, आश्विन ९गते


images
images

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण

images
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण
    images
    images

    राजेश  पराजुली, पोखरा । बतास अर्गनाईजेसन अन्तर्गतको गैरनाफामूलक परोपकारी संस्था बतास फाउन्डेसनको पहल र अगुवाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ।

    images
    images
    images

    गण्डकी प्रदेशकै ठुलो सरकारी अस्पतालमा हस्तान्तरण गरीएको उक्त प्लान्टले दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने फाउन्डेसनले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालद्वारा आवश्यक पूर्वाधार निर्माण भएपश्चात उक्त प्लान्ट जडान गरीनेछ। अक्सिजन अभावका कारण कोभिड महामारीमा सङ्क्रमितले उपचार पाउन नसकेको तितो यथार्थलाई मध्यनजर गर्दै बतास फाउन्डेसनले गत वर्षको सुरुवाती महिनामा उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट स्थापनाका लागि रकम संकलन महाअभियान सुरु गरेको थियो ।

    images
    images
    images

    बतास फाउन्डेसन र बतास अर्गनाइजेसनबाट गरी कुल रु ५५ लाख रुपैयाँ बीउ पुँजी राखेर ‘ १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ चलाइएको अभियान अन्तर्गत कर्पोरेट हाउसहरू र पोखरेली जनसमुदायको सहभागिता मार्फत ३ करोड ४५ लाख १७ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको थियो ।

    images
    images
    images

    निर्धारित समय भन्दा ढिलो प्लान्ट हस्तान्तरण गरिएको भन्दै फाउन्डेसनले क्षमा याचना गरेको छ । वि.सं २०७८ जेठ ६ गते नै फ्रान्समा प्लान्ट खरिद गरिसकेको भए पनि अघिल्लो सरकार, कार्गो कम्पनी र आयातकर्ताबीचको असमझदारीका कारण प्लान्ट ल्याउन ढिलाइ भएको फाउन्डेसनको भनाई छ ।

    पछिल्लो समयमा भने रुस–युक्रेन युद्धका कारण कार्गो ढुवानीमा समस्या आउँदा थप समस्या भएको थियो । अन्ततः प्लान्ट एयर कार्गोबाट ढुवानी गर्ने सम्झौता भए पनि त्यो सम्भव नभएपछि जल तथा स्थल मार्गमार्फत ढुवानी गरी हस्तान्तरण गरिएको फाउन्डेसनका प्रवक्ता नारायणप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

    अक्सिजन प्लान्ट हस्तान्तरण समेत भइसकेको अवस्थामा यसको सम्पूर्ण आयव्याय विवरण भने छिट्टै नै सार्वजनिक गर्ने फाउन्डेसनले प्रतिबद्धता व्यक्त गरेको छ। उक्त अभियानका लागि सहयोग रकम जुटाउने तथा प्लान्ट स्थापनासम्बन्धी कार्य अघि बढाउने लक्ष्यसहित गठित तदर्थ समितिको संरक्षकमा पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जिसी रहेका थिए ।

    त्यस्तै, संयोजकमा बतास अर्गनाइजेसन तथा फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास, कोषाध्यक्षमा अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेल तथा सदस्यहरुमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्व पालिखे, एभरेष्ट एफएमका प्रबन्ध सञ्चालक दीपेन्द्र श्रेष्ठ, सुपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गाना तथा सेलवेज डिपार्टमेन्टल प्रालिका अध्यक्ष सुशील मान प्रधानाङ्ग रहेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।