Logo

२०८३, कार्तिक २९गते


images
images

चितवनमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार जर्मन नागरिकको मृत्यु

चितवनमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार जर्मन नागरिकको मृत्यु

images
  • चितवनमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार जर्मन नागरिकको मृत्यु
    images

    चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जर्मन नागरिकको मृत्यु भएको छ।

    images
    images
    images

    चितवनको इच्छाकामना गाउँपालिका वडा नं.३ फिल्सिङमा भएको दुर्घटनामा परेर थप दुई जना घाइते भएका छन् । घाइते हुने एक जना विदेशी हुन् भने अर्का एक जना नेपाली नागरिक हुन् ।

    images
    images
    images

    मृत्यु हुनेमा जर्मनका नागरीक ६० वर्षीय मिचेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

    images
    images

    नारायणगढबाट काठमाडौं जाँदै गरेको ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र धादिङ्बाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ च १६८२ नम्बरको जिप आपसमा ठक्कर खाएको हो ।

    ठक्कर खाएका दुबै सवारी साधन सडकबाट ५० मिटर तल खसेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक विदेशी नागरिक महिला र पिकअपमा सवार धादिङको गल्छी गाउँपालिका ५ बस्ने ७३ वर्षिय बीरवहादुर तामाङ् घाइते भएका छन् ।

    घाइते दुबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी चालक गोरखाका २१ वर्षीय साजन भुजेल र सहचालक प्रहरीको नियन्त्रणमा लिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जिपको ठक्कर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।