Logo

२०८३, आश्विन ९गते


images
images

लेखनाथ महोत्सवलाई आमा समुहहरुले सघाउने 

लेखनाथ महोत्सवलाई आमा समुहहरुले सघाउने 

images
  • लेखनाथ महोत्सवलाई आमा समुहहरुले सघाउने 
    images
    images

    पोखरा । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस ७ गतेदेखि हुने ‘१८ औँ लेखनाथ महोत्सव’लाई सफल बनाउन लेखनाथका विभिन्न आमा समुहहरुले सघाउने भएका छन । पुसको १९ गतेसम्म सञ्चालन हुने महोत्सवको विषयमा आयोजित छलफल कार्यक्रममा सहभागी विभीन्न आमा÷महिला समुहका प्रतिनिधिहरुले आ–आफ्नो तर्फबाट सक्रियतापुर्वक सहभागी भई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

    images
    images
    images

    कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका संयोजक छत्रधर आत्रेयले महोत्सवको तयारीका विषयमा जानकारी दिंदै यहाँका विभिन्न संघ संस्था र समुहहरुले आफ्नो महोत्सवको रुपमा अपनत्व लिएका कारणले लेखनाथ महोत्सव महोत्सवहरुको पनि महोत्सव हुन सफल भएको वताएका थिए । यस्तै उप–महासचिव एवं संघ÷संस्था, महिला÷आमा समुह परिचालन तथा रत्यौली कार्यक्रम व्ववस्थापन उप–समितिकी संयोजक जानुका अधिकारीले महिलाहरुको सक्रिया सहभागिताका कारण झाँकी र्याली, रत्यौली लगायतका कार्यक्रमहरु सफल भएको बताउँदै यस पटक पनि सहयोगको अपेक्षा गरेको बताईन ।

    images
    images
    images

    उक्त अवसरमा आमा समुहहरुको तर्फबाट सुधा थापा, पोखरा महानगरपालिका कार्यपालीका सदस्य निर्मला पौडेल लगायतले बोलेका थिए । उप–समितिकी संयोजक जानुका अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन महिला उद्यमी व्यवस्थापन उप–समितिकी संयोजक गंगा मल्लले गरेकी थिईन भने कार्यक्रमको सञ्चालन संघका महासचिव उपेन्द्रराज सुवेदी ‘राजु’ ले गरेका थिए ।

    images
    images
    images

    ८५ प्रतिशत स्टल बुकिङ ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा रहने ३ सय ३८ वटा स्टल मध्ये ८५ प्रतिशत बुकिङ भइसकेको छ । महोत्सवमा पर्यटन प्रवद्र्धन र नयाँ उद्योगको प्रवद्र्धन गर्नका लागी निशुल्क स्टलको ब्यवस्था गरिने आयोजकले जनाएको छ । महोत्सवमा रेष्टुरेण्ट, हस्तकला, कृषी, अटो, रेडिमेट, वित्तिय संस्था, पर्यटन प्रवद्र्धन, सुचना प्रविधी र उद्योगका स्टलहरु रहने प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले वताए ।

    महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा रहने छन ।

    १० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको महोत्सवबाट ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भै १० लाख बचत हुने बताईएको छ । बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणी लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकिय स्थलहरुको प्रवद्र्धनको क्षेत्रमा खर्च गरिने योजना रहेको छ ।

    २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको महासचिव उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए । महोत्सवको मुख्य प्रायोजकमा सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक सह प्रायोजकको रुपमा रहेको छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लेखनाथ महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।