Logo

२०८३, आश्विन ९गते


images
images

सुनौलो सहकारीको अधिवेशन सम्पन्न 

सुनौलो सहकारीको अधिवेशन सम्पन्न 

images
  • सुनौलो सहकारीको अधिवेशन सम्पन्न 
    images
    images

    पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीले १५औं वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ । साधारणसभा तथा अधिवेशनको पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले उद्घाटन गरे  । कार्यक्रममा वडा अध्यक्ष भट्टराईले पर्यटकीय सुन्दर नगरी लेकसाईडमा रहेको सहकारीले उत्पादनमा जोड दिदैँ संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी अघि बढ्नुपर्नेमा जोड दिए  ।

    images
    images
    images

    अधिवेशनले पुनः टिकाराम सापकोटाको नेतृत्वमा तीन वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिका उपाध्यक्षमा भोजकुमार श्रेष्ठ, सचिवमा सोमबहादुर थापा मगर, कोषाध्यक्षमा लिला भट्टराई छन भने सदस्यहरूमा गायत्री फुयाल, मधुमाया सापकोटा, जिवनराज सापकोटा, उमा देबी अधिकारी, रामचन्द्र शर्मा छन  । त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा ईश्वरीप्रसाद पौडेल र सदस्यमा जगन्नाथ तिमिल्सिना र ताराप्रसाद गौतम रहेका छन ।

    images
    images
    images

    कार्यक्रममा वर्ष उत्कृष्ठ कर्मचारीको रुपमा बजार प्रतिनिधि सुमित्रा जि.सी, उत्कृष्ठ सदस्यहरूमा विष्णुप्रसाद गुरुङ्, दिपेन्द्र देबी घिमिरे थापा , पार्बता पाण्डे र धिरज अर्याललाई सम्मान गरियो भने सुनौलो शैक्षिक पुरस्कार अन्र्तगत आधारभुत तहमा एरिका बराल र माध्यामिक तहमा कृष्ण पाण्डेलाई नगद तथा सम्मानपत्रबाट सम्मान गरियो ।

    images
    images
    images

    साधारण सभाले सचिवको प्रतिबेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, लेखा परिक्षकको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्ताव समेत पारित गरेको छ । संस्थामा २४८७ जना शेयर सदस्य र शेयर पुजीँ रु.६ करोड १३ लाख रहेको सचिव सोमबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको कुल वासलत रु.२८ करोड ७४ लाख छ भने १९ करोड ७७ लाख निक्षेप संकलन गरी २१ करोड ४९लाख ऋण परिचालन गरेको छ ।

    संस्थाका अध्यक्ष टिकाराम सापकोटाले संस्थाका गतिविधिसँगै पर्यटनका सम्भावना, समस्या र राज्यको भुमिका लगायतमा प्रकाश पारेका थिए  । संस्थाका अध्यक्ष सापकोटाको सभापतित्व एवम् सचिव सोमबहादुर थापाले सञ्चालन गरेको  कार्यक्रममा उपाध्यक्ष भोजकुमार श्रेष्ठ, सल्लाहकारहरु डम्बरबहादुर के.सी., गणेशबहादुर भट्टराई, बच्चुराम तिवारी, बिष्णुबहादुर गुरुङ्, पुर्व बैंकर एवम् सस्थाका सदस्य महेश्वर पहारी, उमादेबी अधिकारी लगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनौलो सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।