Logo

२०८३, आश्विन ११गते


images
images

आमनिर्वाचन-२०७९

समानुपातिक सांसद छनोट: राप्रपा कास्कीमा असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालयमा तालाबन्दी

समानुपातिक सांसद छनोट: राप्रपा कास्कीमा असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालयमा तालाबन्दी

images
  • सेतोमसी सहकर्मी
  • समानुपातिक सांसद छनोट: राप्रपा कास्कीमा असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालयमा तालाबन्दी
    images
    images
    पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले कास्कीस्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । समानुपातिक सांसद छनोटका विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताले आज दिउसो पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
     
    समानुपातिकतर्फ कास्कीमा पार्टीले राम्रो मत प्राप्त गर्दा पनि सांसद नपारेको भन्दै असन्तुष्ट कार्यकर्ताले तालाबन्दी गरेको बताइएको छ । राप्रपाले कास्कीमा करिब १८ हजार मत प्राप्त गरेको थियो ।
     
    ‘कास्कीबाट संघ तथा प्रदेश जता भएपनि सांसदको आशा गरिएकोमा पार्टीले वेवास्ता गरेको महसूस गर्दै केही नेता र कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन्’, पार्टी प्रवक्ता अरुण गिरीले भने । उनीहरुलाई सम्झाएर तालाबन्दी खुलाउने प्रयास भइरहेको प्रवक्ता गिरीले बताए ।
     
    पार्टीको जिल्ला र प्रदेश कार्यालय एकै ठाउँमा भएकाले कास्कीमा तालाबन्दी हुँदा प्रदेश कार्यालयमा काम गर्न कठिनाइ भएको छ ।
     
     
     
     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।