चितवन । चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका २०० भन्दा बढी जन्ती विरामी भएका छन् । नवलपुरको गैडाकोटबाट भरतपुर जन्ती गएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका हुन् ।
भोज खाएपछि केटा र केटीपक्ष दुवैतर्फ बिरामी भएका छन् । गैडाकोँट वडा नम्बर १ बाट गणेश ढकालको बिहेमा आफन्त र साथिभाई जन्ती आएका थिए । दुलही करिष्मा अधिकारीको घर हाकिमचोक भएपनि रिसोर्टबाट विहे भएको थियो ।
भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने,पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना भएका हुन् । विहे भोजमा करिब पाँचसय जनाले खाना खाएका थिए । मासु खाएका सबै जना बिरामी भएको र त्यसमध्ये ३० जना नेशनल सिटी अस्पतालमा भर्ना भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology