Logo

२०८३, श्रावण ३०गते


images
images

अनुगमन र नियमन नहुँदा सहकारीमा बढ्दो समस्या 

अनुगमन र नियमन नहुँदा सहकारीमा बढ्दो समस्या 

images
  • अनुगमन र नियमन नहुँदा सहकारीमा बढ्दो समस्या 
    images
    images

    बुटवल, २८ मंसिर । सहकारीहरु सिद्धान्त उद्देश्य अनुसार संचालन नहुँदा सहकारीमा वित्तीय संकटहरु उत्पन्न हुने गरेको सरोकारवालो बताएका छन् । उद्देश्य फरक–फरक कार्यसम्पादन भने बचतमै केन्द्रीत गर्ने भएकाले सहकारी संकटाउन्मुख बनेको उनीहरुले बताएका हुन् । 

    images
    images
    images

    इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था बुटवल धर्मपथले रजत महोत्सवको अवसरमा बुधबार आयोजना गरेको सहकारीको प्रवद्र्धन र विकासमा सुशासनको आवश्यकता विषयमा जिल्लाका सहकारीहरुबीच गरिएको अन्तरक्रियामा सो कुरा बताइएको हो । कार्यक्रममा बोल्दै सहभागि सहकारीकर्मीहरुले  अव सहकारीहरुलाई उद्देश्य केन्द्रीत बनाउनु पर्ने, अनुगमन र नियमन गर्नु पर्ने तथा उत्पादनशिल क्षेत्रमाबढी जोड दिनु पर्ने तर्क राखेका थिए । 

    images
    images
    images

    इन्द्रेणीका अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रमा जिल्ला सहकारी संघका अध्यक्ष भिमप्रसाद तुलाचनले सहकारीलाई हेर्ने दृष्टिकोणमा सरकारकै असल ब्यवहार नदेखिएको टिप्पणी गरे । उनले लुम्विनी प्रदेशमा सहकारी निर्देशनालय स्थापना भएतापनि निर्देशनालयले सहकारी अपेक्षित कार्य गुनासो समेत गरे । निर्देशनालयलाई सक्रिय बनाउन बारम्बार मन्त्रालय धाउदाँ पनि कार्यबिधी निर्माणमा चासो नदेखाएको उनको गुनासो छ। 

    images
    images
    images

    संस्थाका सदस्य नरबहादुर रजालीको संयोजकत्वमा भएको कार्यक्रममा फोर स्टार सहकारीका अध्यक्ष रामलाल तिवारी, सामुहिक बिकास सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र कुमार बर्मा, लालटीन सहकारीका अध्यक्ष गंगालाल सापकोटा, धनकोष सहकारीका अध्यक्ष तारानाथ कंडेल, प्रगतिशिल महिला सहकारीका अध्यक्ष सीता न्यौपाने लगायतले कोरोनाकालपछि सहकारी ब्यवस्थापनमा समस्या उत्पन्न भएको उल्लेख गर्दै सहकारीमा देखिएको चुनौती ब्यवस्थापनका लागि अनुगमन र नियमनको पाटोलाई बलियो बनाउन आग्रह गरे । 

    सहकारीका सचिव माया गौतमको संचालनमा भएको कार्यक्रममा रुपन्देही जिल्लाका झण्डै दुई दर्जन सहकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।