Logo

२०८३, आश्विन १०गते


images
images

 ’स्वास्थ्य सेवा’ बिस्तारका लागि सहमति              

 ’स्वास्थ्य सेवा’ बिस्तारका लागि सहमति              

images
  • सेतोमसी सहकर्मी
  •  ’स्वास्थ्य सेवा’ बिस्तारका लागि सहमति              
    images
    images

    पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ र आई एनएफ नेपाल बिच थप ‘स्वास्थ्य सेवा’ बिस्तारका लागि सहमति भएको छ ।पोखरा –१५ को वडा कार्यालयबाट अतिरिक्त स्वास्थ्य सेवा दिँदै आइरहेको स्वास्थ्य केन्द्रको थप सेवा बिस्तारका लागि वडा अध्यक्ष तोरण बहादुर बानियाँ र आई एनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारी बिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

    images
    images
    images

    सहमति अनुसार आई एनएफले प्रदान गर्ने ३ लाख ६० हजार रुपैयाँ उक्त स्वास्थ्य सेवा केन्द्रको स्वास्थ्य सम्बन्धी उपकरण, भौतिक संरचना तथा औषधी खरिदका लागि खर्च हुनेछ ।

    images
    images
    images

    सहमति पत्र बुझ्दै वडा अध्यक्ष बानियाँले स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि वडाले सहयोगको माग गरेको र आफूहरूको मागलाई सहर्ष स्वीकार गरी आई एनएफले सहयोगका लागि अग्रसरता देखाएकोमा खुसी व्यक्त गरे । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित वडा नं –१५ को ठुलो एरियामा फैलिएर नागरिकलाई विगत ७० वर्ष देखि विशिष्ट सेवा दिँदै आइरहेको उक्त संस्था अवस्थित वडाको जनप्रतिनिधि भएर सहकार्य गर्दै अगाडी बढ्न पाउँदा गौरवान्वित भएको प्रतिक्रिया दिए ।

    images
    images
    images

    उनले वडा नं –१५ लाई बहुतले भवनमा बस्ने तथा करोडौँका गाडी चढ्ने व्यक्ति र झुपडीमा बस्ने व्यक्तिले पनि स्थानीय सरकारको अनुभूति गरोस् भन्ने हिसाबले हाल वडाले मानवीय विकासमा प्रत्यक्ष असर गर्ने खालका कार्यक्रमहरू ल्याएको बताउँदै यहाँका सङ्घ संस्था स्थानीय लगायत सबैको समन्वय र सहकार्यमा ती कार्यक्रमहरूलाई पूरा गर्न कोसिसमा लागिरहेको बताए ।

    आई एनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि अहिलेको माहौल हेर्दा फरक अनुभव गरेको प्रतिक्रिया दिए। उनले वडाले प्रस्तुत गरेका परिकल्पना र पछिल्ला सकारात्मक गतिविधिलाई असल नेतृत्वकोको संज्ञा दिँदै वडा नं –१५ को दिगो सोचलाई अगाडी बढाउनका लागि सहकार्य गर्न तयार रहेको बताए ।

    यस्तै, आई एनएफ नेपालका मेडिकल सर्भिसेस तथा निर्देशक डा. अरुण कुमार बुढाले हरियो खर्क अस्पताल कुनै समय नेपालमै नभएको विशेषज्ञता भएको अस्पताल रहेको भन्दै यसलाई समय अनुसार अझ विस्तारित गर्दै लगिने बताए । उनले अहिलेको ठुलो समस्या भनेको नसर्ने रोगको समस्या रहेको र शहर गाउँ भन्दा नसर्ने रोगको ठुलो समस्या बोकेको ठाउँ भएको कारण यहाँको वडा, विद्यालय, सहरी स्वास्थ्य कार्यालय तथा यहाँका सबै पक्षहरूसँग मिलेर आगामी कार्यक्रमहरू अगाडी बढाउने बताए ।

    कार्यक्रममा आई एनएफ नेपालका मानव संसाधन विकास व्यवस्थापक लेखनाथ केसी, प्रशासन तथा सम्पर्क सहायक चूडामणि पौडेल, वडा सदस्य बलराम पौडेल, वडा सचिव आविष्कार पौडेल, विष्णु प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो भन,े सहरी स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण बास्तोलाले केन्द्रले दिँदै आइरहेको सेवा तथा समस्याका बारेमा बोलेका थिए ।

    स्वास्थ्य केन्द्रले हाल बहिरंग, खोप सेवा, गर्भवती महिलाको जाँच, ल्याब, क्षयरोगको औषधी लगायतका सेवाहरू दिइरहेको छ ।यसअघि पनि संस्थालाई आई एनएफ, हेप्पी होम, अनुग्रह लगायतका सङ्घ संस्थाले सहयोग गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।