Logo

२०८३, आश्विन ११गते


images
images

राजविराज नगरपालिकामा सहिद परिवारलाई मासिक भत्ता

राजविराज नगरपालिकामा सहिद परिवारलाई मासिक भत्ता

images
  • राजविराज नगरपालिकामा सहिद परिवारलाई मासिक भत्ता
    images
    images

    सप्तरी । सप्तरीको राजविराज नगरपालिकाले विभिन्न आन्दोलनमा सहिद भएका नगर क्षेत्रभित्रका सहिद परिवारलाई मासिक  पाँच हजार एक सय उपलब्ध गराएको छ। आर्थिक वर्ष ०७९÷८० को नगरसभाको निर्णयानुसार सहिद प्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ। हालसम्म उक्त सहयोग राशि पाउने सहिद परिवारको संख्या तीन पुगेको छ।

    images
    images
    images

    मासिक पाँच हजार एक सयका दरले सहिद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने नगरसभाको निर्णयानुसार सहयोग राशि वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले जानकारी  दिए। उक्त सुविधा प्राप्त गर्न सहिद प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिसलगायत आवश्यक कागजात पेस गर्नुपर्ने छ। सोअनुसार नगरपालिकाले सूचनासमेत जारी गरेको छ।

    images
    images
    images

    नगरसभाको पहिलो बैठकबाटै निर्णय भएबमोजिम गत साउनदेखिकै मासिकभत्ता जोडेर सहयोग प्रदान गर्न थालिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीनले जानकारी दिइन्।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।