राजेश पराजुली, पोखरा । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस (नाट्टा) ले ‘समृद्धिका लागि पर्यटन’ कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत टोली चितवन पुगेर विभिन्न गतिविधि गरी पोखरा फर्केको छ ।
पर्यटन क्षेत्रमा टेवा पु¥याउनका लागि पोखराका पर्यटन व्यवसायी र विभिन्न पेसा व्यावसायमा आवद्ध उद्यमीहरु चितवन पुगेका थिए । सो कार्यक्रम शुक्रबार शनिबार भएको थियो । कार्यक्रम अन्र्तगत शुक्रबार विभिन्न व्यावसायमा आवद्ध उद्यमीहरु बिच फेलोसिप नाईट भएको २ दिनसम्म हुने नाट्टा गण्डकीका अध्यक्ष हरीराम अधिकारीले जानकारी दिए ।
उक्त फेलोसिप नाईटमा नेपालको पर्यटन क्षेत्रमा कसरी टेवा पु¥याउन सकिन्छ भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए । ‘हामीले पहिलो दिन चितवन दासढुंगामा भेला भएका उद्यमीहरुसँग कसरी पयर्टन क्षेत्रमा जोडिन सकिन्छ भनेर सल्लाह गरेका छौं,’ उनले भने, ‘हामीसँग नाट्टाको प्रदेश अध्यक्षहरुसहित विभिन्न पेशा व्यावसायमा आवद्ध उद्यमीहरु सहभागी थिए ।
कार्यक्रमको दोस्रो दिन शनिबार तनहुँ र चितवनमा रहेको देवघाटधाम भ्रमण गरेको थियो । नाट्टा छिट्टै पर्यटन क्षेत्रको विकासका लागि उद्यमी सम्मेलन गर्ने तयारी गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
संस्थामा सदस्य एवम् कार्यक्रम संयोजक गणेश पोखरेलले आफूहरुको पूर्व निर्धारित कार्यक्रम अनुसार नै छिमेकी प्रदेशका पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गर्न लागिएको जानकारी दिए । यस कार्यक्रमले आन्तरिक पर्यटनलाई चलायमान बनाउन र कसरी पर्यटनलाई अरु क्षेत्रसँग जोड्न सकिन्छ भन्ने विषयमा योजना बनाउन सघाउने उनले बताए ।
कार्यक्रममा सहभागी पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जुनसुकै क्षेत्र पर्यटनसँग जोडिने भएका कारण सबै क्षेत्रका उद्यमीहरु बिच सहकार्य हुनुपर्ने बताउँछन् । नाट्टाले सबै क्षेत्रका उद्यमीहरु भेला गरी फेलोसिप गराएर सह्रानीय काम गरेको उनले बताए । ‘हामी उद्यमीहरु कुनै न कुनै माध्यमबाट पर्यटनसँग जोडिएका हुन्छौं,’ उनले भने, ‘हामी हामी बिच चिनजान र सहकार्य हुनु आवश्यक थियो । नाट्टाले जुन काम गरेको छ त्यो सह्रानीय छ ।’
टोलीमा संस्थाका सदस्य, विभिन्न व्यावसायमा आवद्ध उद्यमीसहित ३० जनाको सहभागिता थियो । नाट्टाले पोखरा र नेपालको पर्यटन प्रवद्र्धनलाई मूर्त रुप दिन सन् २००८ देखि प्रमोशनल टुर पनि गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology