Logo

२०८३, कार्तिक २७गते


images
images

बुटवल लेडी जेसीजको अध्यक्षतामा कमला लम्साल चयन 

बुटवल लेडी जेसीजको अध्यक्षतामा कमला लम्साल चयन 

images
  • बुटवल लेडी जेसीजको अध्यक्षतामा कमला लम्साल चयन 
    images

    बुटवल । बुटवल लेडि जेसीज बर्ष २०२३ को अध्यक्षमा  कमला लम्साल चयन भएकी छ। शनिवार बुटवलमा भएकाे २६ ओैँ शाखा अधिवेशनबाट 
    बुटवल लेडी जेसीजकाे  बर्ष २०२३ का लागि अध्यक्षमा कमला लम्साल निर्विरोध चयन  भएकी हुन  । 

    images
    images
    images

    समितिको कार्यकारिणी उपाध्यक्षमा जमुना शर्मा र बसन्ता घिमिरे,उपाध्यक्षमा संगिता मरासिनी, सपना गैरे ज्ञवाली,बिनुदेबी रिजाल,मेरिना बर्मा, सहसचिवमा अपूर्वा खनाल र सहकोषाध्यक्षमा कविता श्रेष्ठ सर्वसहमत निर्वाचित भएको निर्वाचन प्रमुख  रूपा पाण्डेले जानकारी गराईन । मनोनित कानुनी सल्लाहकारमा संगीता ढकाल,महासचिवमा रुपा श्रेष्ठ पाठक,कोषाध्यक्षमा सोनम पाठक छन् ।

    images
    images
    images

    बुटवल लेडि जाेसीज २०२२ की  अध्यक्ष अनुपमा श्रेष्ठले अधिवेशनमा बाेल्दै  आफ्नो कार्यकालमा धेरै योजनामा काम भएपनि केहि समयअभावका कारणले बाँकी रहेको भन्दै नयाँ समितिले पुराना योजनाहरुलाई निरन्तरता दिने अपेक्षा गर्दै  उनले आफ्नो एकबर्षे कार्यकालमा सहयोग पुर्याउने सबैलाई कृतज्ञता ब्यक्त गरिन् ।

    images
    images

    कार्यक्रममा बोल्दै बुटवल लेडी जेसिज २०२२ का निरूपित उपाध्यक्ष सन्दिप अग्रहरी,बुटवल लेडि जेसिजका संस्थापक अध्यक्ष रेखा शर्मा कट्टेल, निर्वाचन आयुक्त रूपा पाण्डे,पूर्व अध्यक्ष राधिका पोखरेल,केन्द्रीय उपाध्यक्ष मन्जु पोखरेल,बुटवल जेसिजका अध्यक्ष चन्द्रमणि भुसाल, कंचन जेसिजका  अध्यक्ष राजन पौडेल लगायतले समाज रुपान्तरण र युवा शशक्तिकरणमा जेसिजको भूमिका अहम् रहने बताए ।

    बुटवल लेडि जेसीजका २०२२ का अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएकाे उद्घाटन सत्रको कार्यक्रम महासचिव संगिता ढकालले गरेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल लेडी जेसीज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।