Logo

२०८३, आश्विन ९गते


images
images

१० कक्षामा अध्ययनरत विद्यार्थी आशुतोष झाले आविष्कार गरे थ्रिडी प्रिन्टर

१० कक्षामा अध्ययनरत विद्यार्थी आशुतोष झाले आविष्कार गरे थ्रिडी प्रिन्टर

images
  • १० कक्षामा अध्ययनरत विद्यार्थी आशुतोष झाले आविष्कार गरे थ्रिडी प्रिन्टर
    images
    images

    बीरगन्ज । बीरगन्जको साउथ जोन माविका आशुतोष कुमार झाले थ्रिडी प्रिन्टरको आविष्कार गरेका छन् । सो विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीय झाले १८ हजारको लागतमा घरमै उक्त प्रिन्टर निर्माण गरेका हुन् ।

    images
    images
    images

    चाइनिज फिल्ममा थ्रि डी प्रिन्टर देखिसकेपछि उनलाई पनि त्यस्तै प्रिन्टर बनाउने उत्सुकता भएपछि उत्सुकतालाई मेटाउन हुटहुटी जाग्यो र त्यसलाई मुर्तरुप एक महिना जति लगाए ।

    images
    images
    images

    उनले आवश्यक पर्ने सामानको जोहो गर्न थाले । सामान जोहो गर्न उनलाई दिदीको सहयोग पनि महत्वपूर्ण रह्यो । सबै सामाग्रीको व्यवस्थापन भइसकेपछि उनले थ्रि डी प्रिन्टर निर्माणका काम थालनी गरे । करिब १ महिनामै उनले यसमा सफलता हाँसिल गरे ।

    images
    images
    images

    यस यन्त्र निर्माणमा उनले स्टेपर मोटर, माइक्रो प्रोसेसर (अर्डिनो मेगा), फिलामेन्ट, सिडी ड्राइभको मोटरसहित ए फोर साइजको पूरानो प्रिन्टरको केही भागलाई प्रयोग गरेका छन् । यस प्रिन्टरलाई उनले प्रोन्टर फेस नामक सफ्टवेयरबाट नियन्त्रण गर्छन ।

    साथै लेयरहरुमा काट्न र मिलाउनका लागि उनले अल्टिमेकर कुरा नामक सफ्टवेयर प्रयोग गर्छन् भने टिङ्कर कार्ड सफ्टवेयरबाट उनले थ्रि डी डिजाइन बनाउँछन् । आशुतोषले यसअघि पनि मोशन सेन्सर लाईट, इलेक्ट्रोनिक कार, भ्याकिम क्लिनर, स्मार्ट स्ट्रिट लाइट लगायतका यन्त्र पनि निर्माण गरिसकेका छन् ।

    बुबा सुरेन्द्र कुमार झा र आमा रेखा कुमारी मिश्राका ४ सन्तानमध्ये सबैभन्दा कान्छा र एक्ला छोरा हुन् उनी । आशुतोषका ३ जना दिदी छन् । जसमध्ये एक जना दिदी अस्मिता कुमारी झा सफ्टवेयर ईन्जिनियर हुन् भने अरु दुई जना दिदीहरु अंकिता कुमारी झा र खुशी कुमारी झा क्रमश आर्टिफिसियल इन्टिलिजेन्स इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ अध्ययनरत छन् । ३ जना दिदीहरु इन्जिनियरिग क्षेत्रमै आबद्ध भएपछि आशुतोषलाई पनि आफ्नो रुचिको क्षेत्रमा सहयोग मिलिरहेको छ । साथै परिवारबाट पनि पूर्ण रुपमा समर्थन भएको आशुतोष बताउँछन् ।

    उनले थ्रि डी प्रिन्टर बनाएको खबरले साउथ जोन मावि परिवार पनि उत्साहित छ । साउथ जोन माविका सहायक प्रधानाध्यापक अशोक सङ्ग्रौलाले खुशी व्यक्त गर्दै भने, ‘हामीलाई पनि थाहा नदिएर बनाएका रहेछन्, अहिले थाहा भएपनि हामीले यसको बारेमा सबैलाई बताउन सघाइरहेका छौँ ।’ विद्यालयले पनि विद्यार्थीहरुको रुचि अनुसारको क्षेत्रमा सहयोग गरिरहेको बताउँदै उनले आशुतोष विज्ञान, आविष्कारसँगै पढाईमा पनि अब्बल विद्यार्थी भएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # थ्रिडी प्रिन्टर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।