राजेश पराजुली, गण्डकी प्रदेश (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा आयोजित आठौँ राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा अर्णव पाण्डे पहिलो भएको छ । देशका २७ जिल्लाका ९५ विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगितामा गैँडाकोट इङ्लिस स्कुलका पाण्डे पहिलो भएका हो । प्रतियोगितामा कास्कीको सैनिक आवासीय माध्यामिक विद्यालयका आयुश ढकाल दोस्रो तथा बाराको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका रोशनकुमार यादव तेस्रो भयो ।
शनिबार गैँडाकोटमा सम्पन्न प्रतियोगितामा सहभागी ९५प्रतिस्पर्धीबाट अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उत्कृष्ट २० विद्यार्थी छनोट गरिएको स्क्रयाबल खेलका कार्यक्रम संयोजक अर्जुन पाण्डेले छनोट गरिएका ती विद्यार्थीलाई आगामी फेब्रुअरीमा बङ्गलादेशमा हुने अन्तर्राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा सहभागी गराइने आयोजक संस्था पोखरा स्क्रयाबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले बताए ।
शब्दको खेलको रुपमा लिइने स्क्रयाबल खेलले रचनात्मक बन्न प्रेरित गर्ने उक्त क्लबका नवलपुर जिल्ला संयोजक बिना कोइरालाले जानकारी दि । गैँडाकोट इङ्लिस स्कुलका प्रिन्सिपल हीरालाल अर्यालले यस खेलले गैँडाकोट नगरकै पहिचान बढाएको बताए । उनले आगामी दिनमा फरक खालका कार्यक्रम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology