Logo

२०८३, आश्विन ९गते


images
images

सातौँ देवदह औद्योगिक ब्यापार मेला माघ २७ बाट हुने, २५० बढी स्टल रहने

सातौँ देवदह औद्योगिक ब्यापार मेला माघ २७ बाट हुने, २५० बढी स्टल रहने

images
  • सातौँ देवदह औद्योगिक ब्यापार मेला माघ २७ बाट हुने, २५० बढी स्टल रहने
    images
    images

    देवदह । देवदहमा सातौँ देवदह औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ। 'राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण' भन्ने मूल नाराका साथ उद्योग व्यापार संघ देवदहको आयोजनामा यहि माघ २७  गतेदेखि फागुन १० सम्म महोत्सव हुन लागेको हो। 

    images
    images
    images

    सोमबार देवदहमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाले स्थानिय उद्योग तथा व्यवसायको प्रबर्धनका लागि देवदहको गौरबको रूपमा महोत्सब आयोजना गरिएको बताएको छ।  पत्रकार सम्मेलनमा बोल्दै। संस्थाका अध्यक्ष मेघराज ढकालले कोरोना महामारी र त्यसयताको वित्तिय तरलताले संकटमा रहेको व्यवसायलाई चलायमान गराउनको लागि पनि। मेला महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    IMG-8849.jpg

    images
    images
    images

    संचारकर्मीसंग कुरा गर्दै संस्थाका सस्थापक अध्यक्ष गोविन्द। ठटराईले मेलामा २५० बढी स्टल रहने र कम्तिमा १० करोडको कारोबार हुने लक्ष्य लिईएको जानकारी दिए। कृषि, उद्योग र अटोमोबाइल तथा होटल रेष्टुरेन्टको गरि अलग अलग स्टल रहने र स्थानिय कृषिका उत्पादनका लागि निशुल्क स्टल उपलब्ध गराईने उनले बताए। मेलाको टिकटबाट संकलन हुने रकमबाट निश्चित रकम देवदहको समाजिक एवं पर्यटकीय विकासको कार्यमा खर्चिने संघले जनाएको छ। 

    मेला संचालनको लागि  ५१ सदस्यीय मेला मूल आयोजक समिती गठन गरिएको र विभिन्न उपसमितिहरू गठन गरेर तयारीमा अगाडी बढेको आयोजकले जनाएको छ । मूल समितिको संयोजक संस्थाका अध्यक्ष मेघराज ढकाल रहेका छन। संस्थाका महासचिव थानेश्वर लम्सालको संयोजकत्वमा सचिवालय निर्माण गरेको गरेको छ भने कोषाध्यक्ष सुवास बस्यालको संयोजकत्वमा आर्थिक उपसमिति संयोजक गठन गरेको छ। जसको प्रचार प्रसार उपसमितिमा दिपक न्यौपाने, साँस्कृतिक उपसमितिमा राम प्रसाद गैरे, स्टल दर्ता उपसमितिमा अमृत फुल्लेल क्षेत्री, स्टल निर्माण उपसमितिमा पर्शुराम कंडेल, सुरक्षा उपसमिति गणेश कुमार खाती, प्रायोजक तथा बिज्ञापन उपसमितिमा गोबिन्द बहादुर ठडराई, संघ संस्था समन्वय उपसमितिमा मोतिलाल ढकाल, महिला समुह तथा स्वयंसेविका समन्वय उपसमितिमा देवी ढकाल, गेट टिकट व्यवस्थापन उपसमितिमा  शिव ढकाल, प्रमाणपत्र तथा मायाको चिनो व्यवस्थापन उपसमितिमा प्रेम क्षेत्री, र्याली व्यवस्थापन उपसमितिमा टिका पौडेल, मंच व्यवस्थापन उपसमितिमा दिपक थापा, प्रेस समन्वय उपसमितिमा  बिष्णु पोखरेल, अतिथि सत्कार उपसमितिमा। जित कुमारी राना (रुपा), पर्यटन प्रवर्दन व्यवस्थापन उपसमितिमा यमलाल तिवारी (भरत), कृषि प्रवर्दन व्यवस्थापन उपसमितिमा बिष्णु पाण्डे, सरसफाई उपसमितिमा सागर अधिकारी, खेलकुद व्यवस्थापन उपसमितिमा प्रेम थापा, विद्यालय समन्वय उपसमितिमा  सि. बि. थापा, रक्दान समन्वय उपसमितिमा पवन पौडेल, खानेपानी तथा विद्युत व्यवस्थापन उपसमितिमा कृष्ण न्यौपाने, टोल विकास समिती समन्वय उपसमितिमा केशव पुन र मेला अनुगमन उपसमितिमा रमेश थापालाई संयोजन तोकेको छ। 

    मेलाको सह-आयोजक देवदह नगरपालिका, उद्योग व्यापार महासंघ, काठमाडौ, उद्योग व्यापार संघ र  लुम्बिनी प्रदेश रहने संघले जनाएको छ। 

    स्वाधिन अर्थतन्त्र निर्माणको लागि औद्योगिकिकरण तथा व्यापार विविधिकरण भन्ने मुल नाराका साथ २०६८ सालमा उद्योग ब्यापार संघ, देवदहमा पहिलो पटक मेला आयोजना गरेको थियो । त्यसयता हरेक वर्ष उद्योग ब्यापार संघ देवदह, देवदह व्यापार संघ र  देवदह उद्योग बाणिज्य संघले आलोपालो मेला आयोजना गर्दै आएका छन्। 

    ५२५ जना उद्योगी व्यापारीहरु आबद्ध भएको देवदह ब्यापार संघले स्थापनादेखि नै लागुऔषध नियन्त्रण सम्बन्धी कार्यक्रम, सरसफाई सम्बन्धी कार्यक्रम, प्रथम तिज गित महोत्सब  देवदह सडक खाना महोत्सब (फूड फेस्टिवल)  लगायतका कार्यक्रम गर्दै आएको छ। 


    पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको संघको प्रेस नोट जस्ताको तस्तै:

    आयोजकको परिचय

    स्वाधिन अर्थतन्त्र निर्माणको लागि औद्योगिकिकरण तथा व्यापार विविधिकरण भन्ने मुल नाराका साथ २०६८ सालमा उद्योग ब्यापार संघ, देवदह स्थापना भएको हो । करिव ११ बर्षको अन्तरालमा यस सस्थाले ५२५ जना उद्योगी व्यापारीहरु लाई गोलबन्द गराउन सफल भएको छ । यस क्षेत्रका लागुऔषध नियन्त्रण सम्बन्धी कार्यक्रम, सरसफाई सम्बन्धी कार्यक्रम, प्रथम तिज गित महोत्सब २०६९, प्रथम देवदह औद्योगीक व्यापार मेला कृषि तथा पर्यटन महोत्सब २०७१ र प्रथम देवदह सडक खाना महोत्सब (फूड फेस्टिवल) २०७१ साथै विभिन्न अन्तरक्रिया कार्यक्रमहरु भव्यताका साथ सफलता पूर्वक आयोजना गरीसकेको छ । देवदहमा औद्योगीक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको सुरुवात गर्ने सफल यस संस्थाले अहिलेसम्म प्रथम र चौथों गरि दुईपटक मेला सफलतापुर्वक सू-सम्पन्न गर्न सफल भइसकेको छ ।

    यस क्षेत्रलाई कृषि, पर्यटन, उद्योग र ब्यापारको हब बनाउन तल्लिन यस संस्थाले नै आगामी देवदहमा सातौँ औद्योगिक, ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ को भव्यताका साथ तयारीमा जुटेको कुरा यहाँहरुलाई जानकारी गराउन पाउँदा हामी अत्यन्तै हर्षित छौं ।


    महोत्सव आयोजनाको महत्व र उद्देश्यहरु :

    यस क्षेत्रमा रहेका ऐतिहासिक पाकरी वृक्ष, भवानीपुर, कन्यामाई, देवदह क्षेत्र, खयर डाँडा, माथागढी, रोहिणी नदी, गौतमबुद्ध राष्ट्रिय उद्यान (काष्ठ कला), प्रस्तर कला, देवदह ताल, सातपत्रे सिमसार क्षेत्र तथा अन्य महत्वपूर्ण पर्यटकिय स्थलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने ।
     देवदह नगरलाई ऐतिहासिक, धार्मिक एवम पर्यटकिय स्थलको रुपमा विकास गर्ने ।
     यस क्षेत्रका कृषकहरुलाई अर्गानिक तरकारी खेती तथा आधुनिक कृषि व्यवसायतर्फ प्रोत्साहन गर्ने ।
     दुग्ध उत्पादक कृषकहरुलाई दुग्ध जन्य वस्तुहरुको उत्पादनमा प्रोत्साहन गरी बजारीकरणमा सहयोग गर्ने ।
     साना तथा घरेलु उद्योगको स्थापनाका लागि प्रोत्साहन गर्दै युवाहरुको विदेश पलायनलाई निरुत्साहित गरी स्वरोजगारको सिर्जना गर्ने ।
     विविध वस्तु तथा सेवाहरुको एकै स्थलमा प्रर्दशन गरी उत्पादक र उपभोक्ता बीच सम्बन्ध अभिवृद्धि गर्ने
     निकासी योग्य वस्तुको पहिचान एवम् बजार प्रवद्र्धनमा सहयोग पुर्याउने ।
     स्थानिय वस्तु तथा सेवाको बजार प्रवर्द्धन एवम् उद्यमी व्यावसायीलाई प्रोसाहन गर्ने ।
     आधुनिक एवम नयाँ प्रविद्यि, उपकरण एवम् मेसिनका बारेमा जानकारी गराउने ।
     व्यावसायीक चेतना अभिवृद्धि गर्ने ।
     देवदहलाई दुग्ध उत्पादन पकेट क्षेत्रको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउने ।
     सुचना प्रविधिको पहुँच विस्तार गरी देवदहलाई समृद्ध व्यापारीक नगरीको रुपमा ।
     परिचित गराउने पर्यटन, शिक्षा स्वास्थ्य र सञ्चार क्षेत्रमा अवसर खोजी गर्ने ।
     यस क्षेत्रको कला, संगित तथा साहित्यमा रुचि राख्ने प्रतिभालाई राष्ट्रिय रुपमा परिचित हुने अवसर प्रदान गर्ने ।
     देवदह क्षेत्रका सम्पूर्ण पर्यटकिय स्थलहरुको पहिचान गरी विकासमा सहयोग पुर्याउने ।

    प्रदर्शनी हुने वस्तु तथा सेवा :

     ताजा तरकारी, फलफुल, माछा, तथा अन्य कृषि उपजहरु ।
     दुग्ध तथा दुग्ध जन्य उत्पादनहरु ।
     विउ विजन तथा मलखाद (जैविक वा प्राङगारिक मल)
     कृषिऔजार, प्रविधी तथा यन्त्र ।
     जडिबुटी तथा औषधि ।
     पर्यटन तथा शैक्षिक संस्था ।
     छाला तथा छाला जन्य सामानहरु ।

    प्रदर्शनी तथा महोत्सवमा गरिने कार्यक्रमहरु


     महोत्सवका भव्य उत्घाटन कार्यक्रम ।
     औद्योगीक तथा पर्यटकीय सुचना केन्द्रको स्थापना ।
     स्टल तथा पेभेलियन निर्माण ।
     आकर्षक प्रवेशद्धार तथा मञ्च ।
     औद्योगीक, कृषि तथा पर्यटकीय गोष्ठिहरु ।
     समयसान्र्दभिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम ।
     महोत्सवमा हुने विविध गतिविधिहरुको छायाङकन र प्रसारण ।
     महोत्सवमा हुने विविध गतिविधिहरुको आयोजना लोकगीत तथा दोहोरी गीत प्रतियोगिता, विद्यालय स्तरिय नृत्य प्रतियोगिता , स्थानिय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती तथा डि.जे कार्यक्रम आदि...
     फेशन शो, फोटो शो डान्सिङ प्रतियोगिता, कबडी प्रतियोगिता, तथा कुस्ती प्रतियोगिता ।
     आतिसबाजी सहितको भव्य समापन ।
     देवदहका अन्य पर्यटकीय क्षेत्रीय अवलोकन भ्रमण ।
     महोत्सवमा समाचारहरु प्रचारप्रसार ।
     देवदह क्षेत्र भित्र औद्योगिक क्षेत्रको सम्भावित जग्गाको खोजी गर्ने ।
     समाचार कभर गर्ने पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम ।

    महोत्सबका आकर्षण :


     राष्ट्रिय तथा अन्तराष्ट्रिय वस्तु तथा सेवाको प्रदर्शनी ।
     स्थानिय बस्तु तथा सेवाको प्रदर्शन ।
     ताजा तरकारी तथा फलफुल प्रदर्शनी ।
     पर्यटन प्रवर्द्धन सम्बन्धी गोष्ठी ।
     कृषि व्यावसाय सम्बन्धी गोष्ठी ।
     औद्योगीक प्रदर्शनी तथा खरिद बिक्री ।
     दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा विक्री ।
     विविध संस्कृति झल्कीने स्थलहरु ।
     सम्पुर्ण मनोरञ्जन सहितको उत्कृष्ट बाल उद्यान ।
     स्थानिय तथा ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती तथा हाँस्य व्यंग्य कार्यक्रम ।
     अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सहितको सांस्कृतिक कार्यक्रम ।
     अन्तर विद्यालय नृत्य प्रतियोगीता ।
     विभिन्न जात जातिका सास्कृतिक प्रस्तुती ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।