Logo

२०८३, आश्विन ९गते


images
images

सफ्टवेरिकाका चार सयबढी विद्यार्थी दीक्षित  

सफ्टवेरिकाका चार सयबढी विद्यार्थी दीक्षित  

images
  • सफ्टवेरिकाका चार सयबढी विद्यार्थी दीक्षित  
    images
    images

    काठमाडौं । नेपालमा विगत १२ वर्षदेखि सूचना तथा प्रविधिमा उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजका चार सय ६ जना विद्यार्थी  दीक्षित भएका छन् ।

    images
    images
    images

    याक एन्ड यति होटलमा भएको समारोहमा सफ्टवेरिका कलेजका कम्प्युटिङ र इथिकल ह्याकिङ विषयमा स्नातक गरेका ब्याच २६ र २७ का विद्यार्थीहरु दीक्षित भएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।  दीक्षान्त समारोहमा बोल्दै सूचना तथा प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले सूचना तथा प्रविधिको विकास गर्दै कृषि, पर्यटन, शिक्षा, आर्थिक, स्वास्थ्य, उद्योग तथा भौतिक पूर्वाधारको क्षेत्रमा आर्थिक तथा सामाजिक रुपान्तरण गराउन नेपाल सरकार लागि परेको बताए ।  उनले सार्वजनिक सेवा प्रवाह चुस्त बनाउन, विद्युतीय शासन प्रणाली मजबुत गराउन विद्यार्थीहरुले हासिल गरेको सीप र ज्ञानलाई सरकारले उचित प्रयोग गर्ने वातावरण सिर्जना गर्ने पनि उक्त समारोहमा बताए ।

    images
    images
    images

    दीक्षित विद्यार्थीहरुलाई कामको अवसर उपलब्ध गराउन कलेजले लिपफ्रग, इसेवा, खल्ती, उपायसिटी कार्गो, हिटाची इनर्जी, टेकक्राफ्ट, इन्फो डेभलपर्स, जेनेसस, कोड हिमालय, इजोन इन्टरनेसनल, ब्रज टेक्नोलोजीलगायतका ३० भन्दा बढी कम्पनीसँग सहकार्य गरेको छ ।

    images
    images
    images

    कलेजले स्नातक तथा स्नातकोत्तर दुवै तहमा बेलायतको कोभेन्ट्री विश्वविद्यालयको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको छ । सूचना तथा प्रविधिका विषयमा नेपालमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नेउद्देश्यले हालै एमएससी डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स विषयको पठनपाठन पनि सुरु गरेको छ । यसबाहेक सिस्को सर्टिफाइड कोर्स, सर्टिफाइड इथिकल ह्याकिङ र अन्य आइटीसम्बन्धी पाठ्यक्रमका कक्षा सञ्चालन गरेको कलेजले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सफ्टवेरिका कलेज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।