Logo

२०८३, कार्तिक २८गते


images
images

रिब्दीकोट गाउँपालिकाले 'म बनाउँछु मेरो रिब्दीकोट' अभियानलाई निरन्तरता दिने

रिब्दीकोट गाउँपालिकाले 'म बनाउँछु मेरो रिब्दीकोट' अभियानलाई निरन्तरता दिने

images
  • रिब्दीकोट गाउँपालिकाले 'म बनाउँछु मेरो रिब्दीकोट' अभियानलाई निरन्तरता दिने
    images

    पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले 'म बनाउँछु मेरो रिब्दीकोट' अभियानलाई निरन्तरता दिएको छ । चालू आव २०७९/८० का साउनदेखि सुरु भएको अभियानबाट श्रमदान संस्कृतिको विकास गर्न सहयोग पुगेको पालिकाले अभियानलाई निरन्तरता दिने जनाएको छ ।

    images
    images
    images

    पछिल्लो समय साना कामका लागि पनि पालिकामा धाउने प्रचलनलाई न्यूनीकरण गर्न पाँच महिना अघि अभियान थालिएको पालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए । अभियानमा पालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी तथा अन्य स्थानीय बासिन्दाको समेत सहभागिता छ ।

    images
    images
    images

    अभियान अन्तर्गत हालसम्म चार स्थानमा श्रमदान अभियान सञ्चालन गरिएको पालिकाका अध्यक्ष कार्कीले बताए । अभियानका क्रममा मन्दिर, पाटीपौवाको सरसफाइ, वाटो तथा विद्यालय सुधार तथा मर्मतसम्भारका काम गर्न सहयोग पुगेको उनको भनाई छ। 

    images
    images

    अभियानले एक पटकमा कम्तीमा तीन लाखदेखि छ/सात लाखसम्मको श्रमदान भएका पालिकाले जनाएको छ। गाउँको बाटो विग्रिए, पानी, कुलो, धारा बिग्रिए पालिकामा धाउने प्रचलनलाई कम गर्ने र जनसहभागितामा विकास गर्दा  विकास दिगो र आर्थिक रूपमा समेत किफायती हुने पालिकाको विश्वास । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।