बुटवल । आर्थिक मन्दीको कारण व्यावसायिहरुलाई समस्या परेको भन्दै रुपन्देही घर बहाल सरोकार संघले व्यावसायिक सटरहरुको भाडा घटाउन माग गरेको छ । अाज बुटवलमा पत्रकार सम्मेलन गरि संघले यस्तो माग गरेको हो ।
आर्थिक मन्दीको कारण व्यावसायिहरु मर्कामा परेका छन्, व्यापार छैन ,बजार सुनसान छ, कोभिडको असर बजारमा बल्ल परेको छ । बैंकहरुले ब्याज बृद्धि गरेका छन् । व्यवसायिहरु सबै तिरबाट चेपुवामा परेका छन् भन्दै यस्तो बेला कमसेकम २५ प्रतिशत घरभाडा छुट दिन सम्पुर्ण घरधनीहरुलाई सरोकार संघले आग्रह गरेको छ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजु प्रसाद लिगलले स्थानीय तहले यसबारे कुनै चासो नदेखिएको बताए । दैनिक रुपमा व्यापारीहरु पलायन हुदै छन्, आर्थिक मन्दीको अबस्था जारी रहे अझै ठुलो समस्या अाउन सक्ने तर्फ सबै समयमै सचेत रहन अध्यक्ष लिगलले आग्रह समेत गरेका छन् । अहिले बुटवल बजार क्षेत्रमा सटर भाडामा उपलब्ध छ भनेर लेखिएका व्यानर जताततै देख्न सकिन्छ ,यस्तो हुदै जादा स्यंम घरधनीहरुलाई समेत धेरै नोक्सान पर्न सक्छ अध्यक्ष लिगलको भनाइ थियोे ।
यसैगरी सोही पत्रकार सम्मेलनमा संघका बरिस्ठ उपाध्यक्ष टुकलाल न्यौपानेले स्थानीय तहहरुले बजार व्यवस्थापनको नाममा गरि खाने बर्गहरुलाई अनावश्यक दु:ख दिएको बताए । सटर भाडामा दिई कर छलि गरिएको तर्फ स्थानीय निकायहरुको ध्यान जानुपर्ने बताउदै तत्काल भाडा दर कम नभए ठुलो संख्यामा व्यावसायिहरु पलायन हुन सक्ने चेतावनी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology