Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्ब्यबहार, विद्यार्थीद्वारा प्रदर्शन

शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्ब्यबहार, विद्यार्थीद्वारा प्रदर्शन

images
  • शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्ब्यबहार, विद्यार्थीद्वारा प्रदर्शन
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश (चितवन) । शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै अरोमा कलेजका विद्यार्थी आन्दोलित भएका छन् । कम्प्युटर ल्याबका शिक्षक रामकृष्ण सुवेदीले ल्याबमा सिकाउने क्रममा छात्राहरुको संवेदनशिल अंगमा छुने गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

    images
    images
    images

    यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कलेजबाट निकाल्न माग गर्दा पनि कलेजले ननिकालेपछि आन्दोलन गर्नुपरेको विद्यार्थीहरुले बताएका छन् ।
    आन्दोलित विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् । कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेपछि आइतबार यो घटना बाहिर आएको हो ।

    images
    images
    images

    विद्यार्थीले कलेज बस, कलेजको झ्यालका सिसा, ब्यानर र कम्प्युटर ल्याबमा तोडफोड गरेका छन् । विद्यार्थीले बालमन्दिर रोडस्थित प्रशासनिक भवन र स्याउलीबजार स्थित ल्याब भएको भवन अगाडि अगाडि ब्यानर र टायर जलाएर विरोध प्रदर्शन पनि गरे । विद्यार्थीका अनुसार ती शिक्षकले अन्य छात्राहरुमाथि पनि यौन दुर्व्यवहार गर्थे ।

    images
    images
    images

    कक्षा ११ मा अध्ययनरत छात्रा निलम मगरले भनिन्, ‘कम्प्युटर साइन्सका धेरै विद्यार्थीलाई ती शिक्षकले ह्यारेसमेन्ट गरेका छन् । घटना पटक–पटक दोहोरिएपछि यो अवस्था आएको हो ।’ 

    घटनापछि प्रहरीले शिक्षक सुवेदीलाई कलेजबाटै नियन्त्रणमा लिएको छ । कलेजले भने ती शिक्षकलाई आइतबार नै जागिरबाट निकालेको दाबी गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।