Logo

२०८३, आश्विन ९गते


images
images

एघारौं पोखरा महोत्सवमा युथ कम्युनिटी क्लवले सहकार्य गर्ने 

एघारौं पोखरा महोत्सवमा युथ कम्युनिटी क्लवले सहकार्य गर्ने 

images
  • सेतोमसी सहकर्मी
  • एघारौं पोखरा महोत्सवमा युथ कम्युनिटी क्लवले सहकार्य गर्ने 
    images
    images

    पोखरा । युनाईटेड क्लबको आयोजनामा आगामि पुषको २९ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं संस्करणको पोखरा महोत्सवमा युथ कम्युनिटी क्लवले सहयोगी संस्थाका रुपमा रहेर सहकार्य गर्ने भएको छ । युवा ब्यवसायीहरुबीच साथ, सहयोग र सहकार्यको लागि स्थापित युथ कम्युनिटी क्लवले बिगत ४ वर्ष अगाडि पोखराबाट स्थापित क्लवले हाल पोखरा मात्र नभइ नेपालभर र विदेशमा समेत सदस्य विस्तार गर्दै आएको कलवले एघारौ पोखरा महोत्सवमा सहयोगी संस्थाको रुपमा रहेर सहकार्य गर्ने सम्झौता भएको हो ।
     
    मंगलवार एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका कार्यसमिति सदस्य तथा एघारौं पोखरा महोत्सवका व्यानर व्यवस्थापन संयोजक जयराम आचार्य र युथ कम्युनिटी क्लवका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, कास्की जिल्ला अध्यक्ष शोभित बराल र कास्की जिल्लाका कोषाध्यक्ष नविन श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्काबीच सहकार्य गर्ने निर्णय भएको हो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै युथ कम्युनिटी क्लवका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठले युवा व्यावसायीहरुबीच साथ, सहयोग र सहकार्यको लागि “युथ कम्युनिटी क्लब” भन्ने मुल नाराको साथ नेपालभरका युवा ब्यवशायीहरुलाई एकीकृत गर्दै आइरहेको युथ कम्युनिटी क्लवले युनाईटेड क्लव संग सहकार्य गर्न पाउदा खुसी लागेको वताए । 

    images
    images
    images

    युथ कम्युनिटी क्लवले पारिवारीक र निर्वाहमुखी ब्यवशायलाई विविधीकरण, ब्यवशायीकरण, औद्योगिक एवं प्रतिस्पर्धी र दीगो बनाउन प्रभावकारी सेवा प्रवाह गर्दै एकल तथा सामुहिक लगानी बृद्धिमा सहजीकरण गर्दै विदेश पलायन भएका तथा बेरोजगार तथा युवा जनशक्तिलाई नेपालमै आत्मनिर्भर एवं उद्यमशील समाजको निर्माण गर्न युथ कम्युनिटी क्लव लागि परेको श्रेष्ठले वताए । 

    images
    images
    images

    त्यसैगरी क्लवले युवा ब्यवशायीहरुलाई लक्षित गरी विभिन्न तालिम, गोष्ठी, सेमिनार, फेलोशिप्स मार्फत सफल उद्यमीहरू उत्पादन गर्ने, एकअर्का बीच बिचार विमर्श , मित्रता कायम गराउने, व्यवसायी सदस्यहरु बीच रहेका आफ्ना ज्ञान, सीप, क्षमता अभिबृद्धिका लागी सधै तत्पर र क्रियाशिल रहने, देश भित्र विभिन्न व्यवसाय गरिरहेको युवाहरुलाई सस्थामा समाबेश गराउने, जोखीम निवारणको लागी विपत व्यावस्थापन कोर्ष स्थापना गर्ने , व्यावसायको प्रोमोशन, व्यावसाय रिसर्च, व्यावसायको छलफल, बदलिदो र विकशित अर्थतन्त्रमा हरेक क्षेत्रका व्यावसायीहरु स्थापित गर्ने लक्ष्य राखेको छ ।  । देश बिदेशका युवाहरुबीच साथ, सहयोग र सहकार्य गरि समय समयमा व्यावसायको बारेमा  विचार आदानप्रदान कार्यक्रमहरु सचालन गर्ने समेत क्लवले जनाएको छ । 

    images
    images
    images

    सो अवसरमा वोल्दै युनाईटेड क्लवका कार्यसमिति सदस्य तथा एघारौं पोखरा महोत्सवका व्यानर व्यवस्थापन संयोजक जयराम आचार्यले युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सव विभिन्न संघ संस्थाहरुको सहयोगमानै सम्पन्न हुदै आइरहेको वताउदै संघ संस्थाहरु बीच सहकार्य गरेर युनाईटेड क्लव संधै अगाडि वढिरहेको वताए । एघारौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी तीब्र रुपमा अगाडि वढिरहेको र छिट्टै नै पोखराका विभिन्न संघ संस्थाहरु संग बृहत छलफल गरी महोत्सवलाई भब्य र सभ्य बनाउन लागि पर्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महोत्सव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।