Logo

२०८३, आश्विन ९गते


images
images

लक्ष्मी ग्रुपले मनायो ४९औं कर्पोरेट डे, १०६ जनाले रक्तदान गरे

लक्ष्मी ग्रुपले मनायो ४९औं कर्पोरेट डे, १०६ जनाले रक्तदान गरे

images
  • सेतोमसी सहकर्मी
  • लक्ष्मी ग्रुपले मनायो ४९औं कर्पोरेट डे, १०६ जनाले रक्तदान गरे
    images
    images

    पोखरा ।  लक्ष्मी ग्रुप प्रा.लि.ले आफ्नो ४९ औं स्थापना दिवस एक समारोहको आयोजना गरि मनाएको छ । पोखरास्थित ग्रुपको प्रधान कार्यालय बागबजार बगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक सुनिल श्रेष्ठले कम्पनीलाई आजको अवस्थासम्म ल्याइ पुयाउन धेरै जनाको महत्वपूर्ण योगदान रहेको बताए । आगामी दिनमा समेत यो योगदान निरन्तर रहने कुरामा आफू विस्वस्त रहेको बताउँदै कार्यकारी निर्देशक श्रेष्ठले सबैलाई आभार एवं धन्यवाद ज्ञापन गरे ।

    images
    images
    images

    बटुकहरुद्वारा स्वस्ती वाचन गरि सुरु गरिएको कार्यक्रमलाई कम्पनीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र निर्देशक चन्द्र बहादुर राजभण्डारीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए । कार्यक्रममा गु्रपमा लामो समयदेखि आवद्ध रही सेवारत कर्मचारीहरुलाई दीर्घ सेवा पदकद्वारा सम्मान गरिएको थियो । जसअनुसार ग्रुप अन्तर्गत रहेका विभिन्न औद्योगिक प्रतिष्ठानहरुमा ५ वर्ष सेवा गरेका १५ जना, १० वर्ष सेवा गरेका ९ जना, १५ वर्ष सेवा गरेका १ जना, २० वर्ष सेवा गरेका २ जना र ३० वर्ष सेवा गरेका १ जना गरी २८जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।  

    images
    images
    images

    कर्मचारीहरुलाई कम्पनीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ, निर्देशकहरु चन्द्र बहादुर राजभण्डारी, कृष्ण बहादुर श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, सुलभ श्रेष्ठले सम्मान स्वरुप मायाको चिनो एवं प्रंशसा पत्र प्रदान गरेका थिए । ४९ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । ४९औं स्थापना दिवस कै अवसर पारेर ग्रुपले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । 

    images
    images
    images

    पहिलो रक्तदाता युमा साईलाई ब्लड ब्याग हस्तान्तरण गरि सुरुवात गरिएको कार्यक्रममा १०६ जना कर्मचारीहरुले रक्तदान गरेका छन् । कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्दै हरेक वर्ष रक्तदान लगायत कार्यक्रम गर्दै आइरहेको मानव संसाधान विभागका महाप्रवन्धक श्याम मल्लले बताए ।कार्यक्रमलाई मानव संसाधन विभागका तर्फबाट श्याम मल्ल र विजय बरालले सञ्चालन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।