Logo

२०८३, आश्विन १०गते


images
images

एचआईभी नियन्त्रणमा स्थानीय तह उदासिन !

एचआईभी नियन्त्रणमा स्थानीय तह उदासिन !

images
  • सेतोमसी सहकर्मी
  • एचआईभी नियन्त्रणमा स्थानीय तह उदासिन !
    images
    images

    गुल्मी । गुल्मीमा एचआईभी सङक्रमितकाे संख्या बढिरहदापनि नियन्त्रणमा स्थानीय तह उदासिन देखिएका छन् । जिल्लामा एचआईभी सङक्रमितकाे पहिचानका लागि रास्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल, हाम्रो जीवन प्लस (इपिक) नेपालले काम गरिरहेका छन् । तर गुल्मीका स्थानीय तहसंग एचआईभी सङक्रमण नियन्त्रणसंग सम्बन्धित कुनै पनि कार्यक्रम र बजेट नभएको उनीहरूको आरोप छ। 

    images
    images
    images

    गुल्मी अस्पताल एआर्टि काउन्सिलर पुष्कर घिमिरेले गुल्मीका कुनै पनि स्थानीय तहले चासाे नदिएको र यस बिषयमा काम गर्न समन्वय समेत नगरेको गुनासो गरे । उनले जिल्लामा रहेका सङक्रमित औषधिकाे पहुचमा एक्दमै कम आएको बताए  । 

    images
    images
    images

    जिल्लामा आर्थिक बर्ष २०७८/०७९ सम्म जम्मा १९२ जना औषधिकाे पहुँचमा आएका छन । ३३९ जना सङक्रमित रहेको जिल्लामा जम्मा १९२ जना अर्थात ५६ प्रतिशत सङक्रमित औषधिकाे पहुँचमा पुगेको देखिन्छ ।

    images
    images
    images

    आर्थिक बर्ष २०७८/०७९ मा मात्र जिल्लामा नयाँ २० जना  सङक्रमित थपिएका छन् । 

    एकातिर पहिचान भएका सङक्रमित औषधिकाे पहुचमा आउन सकिरहेका छैनन् भने अर्कोतिर सचेतनामुलक कार्यक्रम नहुदा प्रभावकारी कार्यक्रमको अभाव भैरहेको छ।  पहिचान नै नभएका एचआईभी संक्रमितको संख्या कति छ र कसरी एचआईभी फैलाइरहेका छन् भन्ने तथ्याङ्क समेत नहुँदा यसले ठुलाे भयावह फैलाउन सक्ने रास्ट्रिय ग्रामीण तथा सामुदायिक बिकास केन्द्र (नार्डेक) नेपाल गुल्मीका निर्देशक रेसम कुवरले बताउछन ।

    एचआईभी सङक्रमितले ए. आर. टि सेन्टर विमाबाट नि:शुल्क हुने र भाइरल परिक्षण पनि  गुल्मी अस्पतालमा हुने भएकाले नहिचकिचाइ उपचारकाे पहुँचमा पुग्न सरोकारवाला निकायको सुझाब छ ।

    गुल्मीका कुन स्थानीय तहमा कति छन् सङक्रमित ?

    सत्यवित गाउँपालिका-५९
    चन्द्रकाेट गाउँपालिका-१९
    कालिगण्डकि गाउँपालिका-४
    रुरुक्षेत्र गाउँपालिका-३७
    छत्रकाेट गाउँपालिका-४५
    गुल्मीदरबार गाउँपालिका -२४
    रेसुङ्गा नगरपालिका -३५
    धुर्काेट गाउँपालिका -२६
    मदाने गाउँपालिका -१३
    मालिका गाउँपालिका -१९
    इस्मा गाउँपालिका -१९
    मुसिकाेट नगरपालिका -३९

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।