Logo

२०८३, आश्विन ११गते


images
images

बझाङको साईपाल गाउँपालिकामा तीनदिने स्वास्थ्य शिबिर

बझाङको साईपाल गाउँपालिकामा तीनदिने स्वास्थ्य शिबिर

images
  • बझाङको साईपाल गाउँपालिकामा तीनदिने स्वास्थ्य शिबिर
    images
    images

    रमेश सिह, बझाङ । सुदुरपश्चिम प्रदेश बझाङकाे अति दुर्गम मानिने साईपाल गाउँपालीकामा तिनदिने  स्वास्थ्य शिविर सञ्चालन भएको छ। साईपाल गाउँपालीकामा गुँरासे कल्याणकारी सेवा प्रतिष्ठान र राेटरी क्लब अफ नक्साल, शक्तिकाे आयाेजनामा नेपालगन्ज मेडिकल कलेज र साईपाल गाउँ पालिकाकाे सहकार्य तथा जिएम्सी हस्पिटल पोखराका साथै युसिएमएस भैरहवाकाे प्राबिधिक सहयाेगमा यही षाैष ८ ,९ र १० गतेका लागि शिविर सञ्चालन भएको हाे ।

    images
    images
    images

    गाउँपालीका उपाध्यक्ष डाेल्मा तामाङ र अध्यक्ष  मानविर बाेहराले सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर जनसमुदायको स्वास्थ्य समस्या बारेसमस्या सुनाएपछि उहाको पहलमा शिविर सञ्चालन गरिएको गाउँपालीका उपाध्यक्ष डाोल्मा तामाङले  बताईन। दुर्गम साईपाल गाउँपालीकामा स्वास्थ्य शिविर सञ्चालन भए पछि सेवालीन जनसमुदायहरु अन्ति विपन्न तथा गरिव समुदायका मानिस  आएका देखिन्छन । शिविर सञ्चालन भए पछि गाउँपालीका अध्यक्ष मानविर बाेहराले भने, हाम्रो गाउँघरमा गरिबी अशक्त र एकल परिवार सँगै आर्थिक स्थिति कम्जोर भएको कारण उपचार गर्न नपाएकोले सहजै सेवा लिन पाएको बताए 

    images
    images
    images

    गाउँपालीका उपाध्यक्ष डाेल्मा तामाङले भने ,राष्ट्रपतीलाइ प्रत्येक्ष भेटेर शिविर गाउँमा ल्याउन पाउँदा खुसिले गदगद भएकाे बताए । स्थानीयका अनुसार धेरै आङखस्ने गरेका महिलाहरु भएको कारण शिविरले राम्रो भएको बताए । शिविरमा विभिन्न ठाउँबाट विशेषज्ञ डाक्टरहरु सेवामा दिन आउनु भएको छन । आज उद्घघाटन भएको स्वास्थ्य शिविर गाउँपालीका अध्यक्ष मानविर बाेहराकाे अध्यक्षतामा प्रमुख अतिथि राेटरी क्लब नेपालका सँस्थापक डाक्टर लुला सर्मा अतिथि रगुरासे कल्याणकारी सेवा परिषद सल्लाहकार माधव सर्मा अतिथि राष्ट्रपति कार्यालयका स्वकीय सह- सचिव शिव भट्टराई उपाध्यक्ष डाेल्मा तामाङ लगाएतकाे उपस्थिति रहेकाे थियाे । ८ गते देखि सुरु भएको स्वास्थ्य शिविर साईपाल गाउँपालीकाकाे काडा माध्यमिक विद्यालयमा १० गते सम्म सञ्चालन हुने भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।