रुपन्देही । राष्ट्रिय प्रजातान्त्र पार्टीको ३१औ स्थापना दिवसको अवसरमा राप्रपा बुटवलद्वारा लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानामा रहेको कोरोना विषेश अस्पतालमा उपचाररत विरामी र कोभिड महामारीको बीचमा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्य कर्मीहरुलाई पौष्टिक आहार र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
राप्रपा बुटवल नगर अध्यक्ष निरज प्रताप खाण र राप्रपा केन्द्रीय सदस्य तोयानाथ लमसाल, राप्रपा केन्द्रीय सदस्य ईर्शाद आलाम मिया, राप्रपा नेताहरु माधव रिमाल, लक्ष्मण श्रेष्ठ मित्रलाल कुवरय शंकर न्यौपाने, संयोजक कमल गौतम, विनय कौशोधन, ज्ञानु तिवारी र भगवती पाण्डेको उपस्तिथिमा उक्त सामाग्री हस्तान्तरण गरिएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसिन एंव फोकल पर्सन डा. नन्दु पाठक र बालरोग विशेषज्ञ डा. नेत्र रानाको उपस्थिति रहेको थीयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology