Logo

२०८३, आश्विन ९गते


images
images

पोखराको रानीवन आर्केडमा सातै प्रदेशका परिकार पाइने 

पोखराको रानीवन आर्केडमा सातै प्रदेशका परिकार पाइने 

images
  • पोखराको रानीवन आर्केडमा सातै प्रदेशका परिकार पाइने 
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिका ६ गौरीघाटस्थित सञ्चालमा रहेको होटल रानीवन आर्केडले अङ्ग्रेजी नयाँ वर्षमा नयाँ परिकार पस्कने तयारी थालेको छ ।  आर्केडले ‘नेपाली खाना, जीवनशैली र संस्कृतिको विश्वव्यापीकरण तथा आलिदेखि थालीसम्म’ नारासहित रैथाने खानाको प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ परिकारहरु ल्याउने भएको हो ।

    images
    images
    images

    रेवान पोखराद्धारा आयोजित २४ औं सडक महोत्सवको स्वागत गर्दै होटलको ४५ औं वार्षिकोत्सवको अवसरमा ७ प्रदेशको खाना एकै थलो चखाउने उदेश्यसहित नयाँ परिकार पस्कन लागेको आर्केडका सञ्चालक हरि बहादुर भुजेलले जानकारी दिए । 

    images
    images
    images

    उनले सडक महोत्सवलाई लक्षित गरेपनि परिकारको स्वाद भने भोलि (शुक्रबार) देखिनै पाहुनाहरुले चाख्न पाउँने बताए । उनका अनुसार गण्डकी प्रदेशको च्याङ्ग्राको मासु, च्याङ्ग्राको रगतको पकौडा, सुकुटी, लुम्बिनी प्रदेशको साँधेको सुन्तला, गुल्मीको चाकु, कर्णाली प्रदेशको खसीको कवाफ, सुदूरपश्चिम प्रदेशको हाँसको परिकारहरुको स्वाद लिन पाइनेछ । 

    images
    images
    images

    यस्तै प्रदेश नम्बर १ को कालो सुंगुरका विभिन्न परिकारहरु, साफ्टा, भक्का, मधेश प्रदेशको घोँघी, जलकपुरलगायतका माछाका विभिन्न परिकारहरु र बागमती प्रदेशको राँगाको सुकुटीलगायतका परिकारहरु र खल्पीको अचारहरुको स्वाद लिन पाइनेछ । 

    सो परिकारहरुको पाकशास्त्री (सेफ) सन्दीप खत्री र तिल बहादुर गुरुङले तयार गर्ने सञ्चालक भुजेलले बताए ।                              

    मेला अवधिमा स्पेशल अफर: सडक महोत्सवको अवसरमा हरेक दिन स्पेशल अफर राखिएको आर्केडका प्रवन्धक निर्देशक भिमसेन भुजेलले जानकारी दिए । 
    भुजेलका अनुसार पुष ८ गते एनिभर्सरी विशेष अफर, ९ गते क्रिसमस इभ अफर, १० र ११ गते स्ट्रिट फुडको स्वादसहित लाईभ बिबिक्यू अफर रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।