Logo

२०८३, आश्विन ९गते


images
images

पोखरामा माछापुच्छ्रे  टेनिस हुँदै

पोखरामा माछापुच्छ्रे  टेनिस हुँदै

images
  • पोखरामा माछापुच्छ्रे  टेनिस हुँदै
    images
    images

    पोखरा ।  कास्की जिल्ला टेनिस संघले “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रानस टेनिस प्रतियोगिता २०७९” तयारी सुरु गरेको छ । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा यहि पौष ११ गतेबाट १५ गते सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुन लागेको हो ।

    images
    images
    images

    माछापुच्छ«े टेनिस प्रतियोगितामा अहिले सम्मकै ठूलो सहभागिता रहने कास्की टेनिस संघका उपाध्यक्ष नविन चालिसे पोखरामा आयोजित पत्रकार भेटघाटमा जनाएका छन् । 

    images
    images
    images

    प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आउन लागेको उपाध्यक्ष चालिसे जानकारी दिए । उनले भने–“यो माछापुच्छ«े टेनिस खेलको इतिहासमा नै सर्वाधिक सहभागिता हो । यसले खेलकुदमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।” सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३  जना पोखरा खेलाडी बाहिरबाट आउने छन् ।  

    images
    images
    images

    प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्ष माथी मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्ष माथी सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथी सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्ष माथी सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी दिएका छन् ।

    प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले  जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ । 

    प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

    प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    “१९ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ । प्रतियोगिता सम्पन्न गर्न माछापुच्छ«े बैंकले मुख्य प्रायोजन वापत नगद ५ लाख उपलव्ध गराउने भएको छ । 

    पत्रकार भेटघाटका अबसरमा आफ्ना भनाई राख्दै कास्की टेनिसका संस्थापक अध्यक्ष तथा नेपाल टेनिस संघका केन्द्रिय उपाध्यक्ष बिनोद कायस्थले माछापुच्छ«े टेनिसले पोखराको टेनिस खेलको विकासमा अहम भूमिका खेलेको बताए । उनले भने–“हामीले २१ वर्ष अघि यूवा खेलाडीमा आकर्षण बढाउन भेट्रान्स टेनिस प्रतियोगिता सुरु गरेका थियौं । अहिले १९ औं ऋंखलामा आइपुग्दा यसले वृहद् रुप लिएको मात्रै नभई खेलाडी उत्पादनमा समेत भूमिका खेलेको छ ।”

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माछापुच्छ्रे  टेनिस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।