Logo

२०८३, आश्विन ११गते


images
images

जिल्ला समन्वय समिति कास्कीद्वारा सांसदलाई बधाई तथा शुभकामना

जिल्ला समन्वय समिति कास्कीद्वारा सांसदलाई बधाई तथा शुभकामना

images
  • जिल्ला समन्वय समिति कास्कीद्वारा सांसदलाई बधाई तथा शुभकामना
    images
    images

    राजेश  पराजुली, पोखरा । जिल्ला समन्वय समिती कास्कीले कास्कीबाट प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभामा नबनिर्बाचित साम्सदहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।  सो अबसरमा कास्की क्षेत्र न.३  बाट प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागिले   राष्ट्रिय बिकासका लागि सबैको हातेमालो आबश्यक भएको भन्दै बिकास सम सहभागिता बाट मात्रै संभब हुने  बताए।

    images
    images
    images

    प्रदेश सभा सदस्य  प्रकाश बरालले निरन्तर बिकास  नै जन अपेक्षा भएको हुँदा आफुहरू नीति निर्माण सङ्गै बिकासमा लागि पर्ने बताए ।त्यस्तै  प्रदेश सभा सदस्य सरस्वती गुरुङले उल्लेख बिकास अबको पालो हुने र त्यसैमा केन्द्रित हुने  बताइन ।

    images
    images
    images

    जिल्ला समन्वय समिति कास्किका प्रमुख लिलाधर पौडेलले  बिकासका निम्ति प्रभाबकारी समन्वयका लागि परिचात्मक अन्तर्क्रीया कार्यक्रम आयोजना गरिएको बताए। पौडेलले प्रदेशमा केही कानुन नहुदा अनुगमन र समन्वय प्रभावित भएको भन्दै नबनिर्बाचित साम्सदहरुलाइ ध्यानाकर्षण गराउदै सो का लागि यथासक्य पहल गरिदिन आग्रह गरे । उनले स्थानिय ,प्रदेश र केन्द्रिय सरकारका बिकासका काममा अनुगमन र समन्वयका लागि जिल्ला समन्वय समिती हरहमेसा तयार रहेको प्रतिबद्धता ब्यक्त गरे।

    images
    images
    images

    कार्यक्रममा प्रदेश सभा सदस्य देबका पहारी त्रिपाठी ,नन्दकला दमै ,राजकुमारी भुजेल , जिल्ला बिकास समिति कास्किका पूर्ब सभापति पुण्य पौडेल ,जिल्ला समन्वय समिती कास्किका निबर्तमान प्रमुख बैन बहादुर अधिकारी क्षेत्री लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

     नबनिर्बाचित प्रतिनिधि तथा   प्रदेश सभा सदस्यहरूलाइ बधाई ज्ञापन सहित सम्मान गरिएको कार्यक्रममा स्वागत जि. स .स .सदस्य सीतादेबि बि .क. र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गरेका थिए। कार्यक्रम जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।