Logo

२०८३, आश्विन ११गते


images
images

एकीकृत समाजवादीलाई सरकारमा ल्याउन वार्ता भइरहेको छ: नेम्बाङ

एकीकृत समाजवादीलाई सरकारमा ल्याउन वार्ता भइरहेको छ: नेम्बाङ

images
  • एकीकृत समाजवादीलाई सरकारमा ल्याउन वार्ता भइरहेको छ: नेम्बाङ
    images
    images

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन वार्ता भइरहेको बताएका छन् ।

    images
    images
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्दै शितल निवास पुगेका नेम्बाङले गठबन्धनमा केही स्वतन्त्र सांसदलाई पनि तानेको बताए । ‘अहिले कांग्रेस र एकीकृत समाजवादीबाहेक सबै हाम्रो समर्थनमा छन्’ उनले भने, ‘एकीकृत समाजवादी संभवत आउँछ, हाम्रो वार्ता भइरहेको छ ।’

    images
    images
    images

    जनताले स्थिरता खोजिरहेको र आफूहरुले जनताको चाहना संवोधन हुने गरी सहमति गरेको दाबी पनि उनले गरे ।

    images
    images
    images

    प्रचण्डलाई प्रधानमन्त्रीमा माओवादीसहित, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा ३ जना स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुवास नेम्बाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।