काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।
उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरमारका उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएर शपथ ग्रहण गरेलगत्तै उनले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।
सरकारको सबैभन्दा धेरै काम र जनताको सेवा गर्ने गृहमन्त्रालय भएको बुझेर नै आफूले गृह मन्त्रालय रोजेको उनको दावी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology