Logo

२०८३, आश्विन ९गते


images
images

कविता

कविता : बजेट होस त यस्तो 

कविता : बजेट होस त यस्तो 

images
  • कविता : बजेट होस त यस्तो 
    images
    images

    बजेट होस त यस्तो 

    उपचार नपाएर कोहि मर्न नपरोस
    शिक्षा नपाएर कोहि ठगिनु नपरोस
    शिक्षा र स्वास्थ्य ब्यापार नबनोस
    देशमा बजेट होस त यस्तो
    शिक्षा र स्वास्थ्य नि:शुल्क होस।

    images
    images
    images

    किसानीलाई अनुदान होईन 
    सिधै राहत बाढियोस
    घरघरमा पुगेर
    कसैलाई कोदालो कसैलाई हँसिया दिइयोस
    हलिहरुको हात-हातमा 
    रामो, बसिला, करुवा र फाली थमाइयोस।

    images
    images
    images

    नहोस कहिल्यै सिजनमा मलको हाहाकार 
    नहोस कुनै बजारमा बिउको अभाव
    उत्पादित वस्तु सरकारले किनिदियोस
    मूल्य नपाएर कसैले आत्महत्या गर्न नपरोस
    देशको बजेट यस्तो होस
    किसानको खेतखेतमा मल र बीउ बाढियोस।

    images
    images
    images

    सुनिन्छ शिक्षामा लगानी प्रसस्तै बढेको छ अरे
    शिक्षाको गुणस्तर माथी उठ्दैछ अरे
    ब्याचलर पढेको युवा खाडी पुग्दा
    लेबरमा खट्नु नपरोस
    देशको बजेट यस्तो होस
    प्रमाणपत्र भन्दा प्राविधिक शिक्षा बाढियोस।

    पढाईन्छ बोर्डिङ सुकलहरुमा अंग्रेजि
    अनि घोकाईन्छ "ए" फर एप्पल चल्छ
    थाहा छैन बिचरोलाई
    "राइस" माने "धान" कहाँ फल्छ।
    देशको बजेट यस्तो होस
    शैक्षिक योग्यताको प्रमाणपत्र भन्दा ब्यबहारिकताको प्रमाणपत्र बाढियोस।

    दिईन्छ सिमित ब्यक्तिलाई बेरोजगार भत्ता
    लगाईन्छ केही ब्यक्तिलाई स्वरोजगार कार्यक्रममा
    अनि बजाईन्छ खल्ती मिडियाबाट
    गरिबी हटाईदैछ देशमा
    मत भन्छु देशको बजेट यस्तो होस
    कसैको हात खाली नबसोस।
    कोहि भोको सुत्न नपरोस।

    ✍️ रामचन्द्र तिम्सिना  (आवाज)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।