एजेन्सी । डिसेम्बर २६ तारिखमा चाइना मिडिया ग्रुपले सन् २०२२ का शीर्ष दस घरेलु वित्तीय समाचारहरू चयन गरेको छ। जुन यस प्रकार छ।
चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ र चीनले चौतर्फी रूपमा आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रा सुरु गरेको छ।
चीनले महामारी रोकथाम र नियन्त्रण र आर्थिक र सामाजिक विकासलाई प्रभावकारी रूपमा समन्वय गरेको छ, जीडिपी १२० ट्रिलियन युआन भन्दा बढी हुने अनुमान छ।
पैचिङ हिँउदकालीन ओलम्पिक खेलकुदमा विश्व दर्शकको रेकर्डतोड संख्याले चीनको बरफ र हिउँ अर्थतन्त्रको द्रुत विकासलाई प्रवर्द्धन गरेको छ।
लगातार आठ वर्षदेखि चीनले ६५० अर्ब किलोग्रामभन्दा बढीको अन्नबाली उत्पादन गरेको छ।
चीनको कोइला उत्पादन रेकर्ड उच्च छ, कच्चा तेल उत्पादन २०० मिलियन टन भन्दा बढी हुने अपेक्षा गरिएको छ। नयाँ ऊर्जाको क्षमता द्रुत रूपमा बढ्दै छ, प्रभावकारी रूपमा आर्थिक र सामाजिक विकासलाई समर्थन गर्दैछ।
चीनको वैदेशिक व्यापारले स्थिर वृद्धिलाई कायम राखेको छ र राष्ट्रिय अर्थतन्त्रको पुनरुत्थानमा सकारात्मक योगदान पुर्याउँदैआएको छ।
चीनको अन्तरिक्ष स्टेशन पूर्ण रूपमा तयार भएको छ, चीनको ठूलो घरेलु विमान सी ९१९ को सञ्चालन गरिएको छ, चीनको एयरोस्पेस उद्योगले उल्लेखनीय प्रगति गरेको छ।
पाइहेथान जलविद्युत केन्द्र पूर्ण रुपमा सञ्चालनमा आएको छ, विश्वकै सबैभन्दा ठूलो स्वच्छ ऊर्जा करिडोर निर्माण सम्पन्न भएको छ।
१ अर्ब ३६ करोड बीमित व्यक्तिलाई समेट्ने राष्ट्रिय एकीकृत चिकित्सा बीमा सूचना मञ्च पूर्ण रूपमा स्थापना भएको छ ।
चीनले संसारको सबैभन्दा ठूलो मोबाइल ब्रोडब्यान्ड र अप्टिकल फाइबर नेटवर्क निर्माण गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology