Logo

२०८३, आश्विन ९गते


images
images

रेसुङा नगरपालिकाको सहयोगमा गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु

रेसुङा नगरपालिकाको सहयोगमा गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु

images
  • रेसुङा नगरपालिकाको सहयोगमा गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु
    images
    images

    अनिष पन्थी,गुल्मी । रेसुङ्गा नगरपालिका तम्घास गुल्मीको सहयोगमा गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु भएको छ ।

    images
    images
    images

    नगरको नीति तथा कार्यक्रम अनुसार गुल्मी र आसपासका क्षेत्रमा रहेका हाडजोर्नी सबन्धी समस्या भएका बिरामीहरु उपचारको लागी काठमाडौ, बुटवल र पाल्पा का अस्पतालमा धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यो सेवा सुरु गरेको रेसुङा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

    images
    images
    images

    रेसुङ्गा नगरपालिका गुल्मीको प्राबिधिक र आर्थिक प्रोत्साहन सहयोगमा जिल्ला अस्पताल तम्घासमा हाडजोर्नी सम्बन्धि सेवा सुरु गरेको पन्थीले बताए।

    images
    images
    images

    रेसुङ्गा नगरपालिका गुल्मी र जिल्ला अस्पताल तम्घास गुल्मी बीच हाडजोर्नी विशेषज्ञ सेवा उपलब्ध गराउने सम्झौता बिहीबार गरिएको हो।

    हाडजोर्नी रोग उपचार सेवालाई प्रभावकारी र व्यवस्थित बनाउनको लागि अस्पतालमा नभएको सि. आर्म मेसिन नगरपालिकाले आवश्यक खरिद प्रक्रिया पूरा गरि अस्पताललाई हस्तान्तरण गर्ने प्रमुख पन्थीले बताए।अहिले मेसिन खरिदका लागि टेण्डर आव्हान् गरिएको नगरप्रमुख पन्थीले जानकारी दिए ।

      ''निर्वाचनको समयमा गरेका बाचा एक पछि अर्को गर्दै पुरा गर्ने चरणमा छौं :नगरप्रमुख पन्थीले भने “हाडजोर्नीको सेवा सुभारम्भ हुनु गुल्मी जिल्लाको समुन्नतीको आधार पनि हो ।” सबैको साथ र सहयोगले मात्रै समुन्नती हासिल गर्न सकिने पन्थीले बताए।

    गुल्मी अस्पताललाई ‘मेरो अस्पताल’ भन्ने सामाजिक भावना आवश्क रहेको गुल्मी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा.उत्तम पच्याले बताए ।

    सबै पक्षको सहयोगले यो सेवा स्तरिय हुने पच्याको भनाई छ । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रेसुङा नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।