Logo

२०८३, आश्विन ११गते


images
images

आफ्नै छोराको चौरासी हेरेकी एक सय १४ बर्षे जम्दार्नी आँबैको निधन

आफ्नै छोराको चौरासी हेरेकी एक सय १४ बर्षे जम्दार्नी आँबैको निधन

images
  • सेतोमसी सहकर्मी
  • आफ्नै छोराको चौरासी हेरेकी एक सय १४ बर्षे जम्दार्नी आँबैको निधन
    images
    images

    कृष्ण अन्जान, गुल्मी । आफ्नै छोराको चौरासी हेर्न पाउने 'भाग्यमानी आमा' जम्दार्नी आँबै अब हामी माझ रहिनन ।
    पुष १५ गते जम्दार्नी आँबै इन्द्रकुमारी सुवेदी एककाे एक सय चौध वर्षको उमेरमा निधन भएसँगै सिँगाे रुरुक्षेत्र गाउँपालिकाले सबैभन्दा बृद्ध अभिभावक गुमाएको छ  ।
     
     रुरुक्षेत्र गाउँपालिका वडा नं. १ च्युरेक ठाडाबाटकाे जम्दार टाेलमा शुक्रबार ठुलै सन्नाटा छायाे । उनकाे निधनकाे खवर सुन्ने बित्तिकै  गाउँभरीकाे ध्यान जम्दार्नी आँबैकाे घरतर्फ केन्द्रित भयाे र आश्रुधारा सहित गाउँलेहरु अन्तिम श्रद्धाञ्जली दिन घरकाे आँगनमा जुटे ।

    images
    images
    images

    एउटी आमा  छाेराका चौरासीपुजामा सरिक हुने याे संयाेग सम्भवत अहिलेसम्म सुनिएकाे छैन।  जुन संयाेग जम्दार्नी आँबैकाे घरमा जुटेकाे दिन देख्ने  च्यूरेकीहरुले तिनै आमालाई अन्तिम विदाई गरे ।

    images
    images
    images

    जम्दार्नी आँबैका जेठा छाेरा धन बहादुर  सुवेदी क्षेत्रीकाे चौरासी पुजामा एकसय चौध वर्ष पूरा गरेकी आमा ईन्द्र कुमारी सुवेदी क्षेत्रीले छाेरा गएकाे असारमा गराई दिईन।  अझै दुईछाेराकाे चौरासी पुजा गराईदिने उनको सपना भने अधुराे रह्याे ।

    images
    images
    images

    बिक्रम सम्वत १९६६ मा च्यूरेक ठाडाबाटाका वीर बहादुर क्षेत्रीकी जेठि छाेरिकाे रुपमा जन्मेकि इन्द्र कुमारी क्षेत्रीकाे विवाह पनि ठाडाबाटाकै पदम बहादुर सुवेदीसँग भएकाे थियाे ।

    भारतकाे ९ जिआरमा भर्ति भएका जमदार्नी आँबैका बुढा फौजमा जमदारकाे दर्जा पाएपछि बुढा जमदार बा बने र इन्द्र कुमारीकाे नाम जम्दार्नी आँबै बन्याे ।

    जम्दार्नी आँबैकाे तिनभाई छाेरा बुहारी नाति नातिना पलाँति खलाँति गरि चारदर्जन परिवार छन ।

    जेठा छाेरा धन बहादुरसंग बस्दै आएकी जम्दार्नी आंबैकाे जेठि बुहारी तुल्सा सुवेदीले गर्दै आईरहेकी थिइन  तर आमा प्रतिकाे जिम्मेवारी सबै छाेरा बुहारी नाति नातिनाले उत्तिकै लिएका थिए ।

    तिनै जम्दार्नी आँबै हुन जसले याे क्षेत्रका हरेक समाजिक विकासमा सहयाेग पुर्याउँदै आईन ,स्कुल ,मठ मन्दिरमा मन फुकाएर सहयाेग गर्ने जम्दार्नी आँबैकाे याे क्षेत्रमा ठुलै कृति रहेकाे छ।

    दुई वर्ष अघि ठाडाबाटमा खानेपानी नभएपछि उनले सरकार सँग खानेपानीकाे माग गरिन र उनकाे आवाज मिडिया मार्फत सरकार सँग पुगेपछि त्याे क्षेत्रमा एकघर एकधाराकाे व्यवस्था भएकाे त्यस क्षेत्रका जनताले अझै  बिर्सेका छैनन ।

    दुर्लभ जीवन बाँचेकी जम्दार्नी आँबैकाे निधन प्रति हार्दिक श्रद्धाञ्जली र शाेकसन्तप्त परिवार र समस्त गुल्मीकै अभिभावक गुमाउनु परेकाे मा च्यूरेक गाउँ प्रति समवेदना !

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।