देवदह । देवदह रेहरा खानेपानी तथा सरसफाई संस्था देवदह–११ को खानेपानी योजनामा भ्रष्टाचार भएको भन्दै स्थानीयले देवदह नगरपालिकाको कार्यालय घेराउ गरेका छन्। लामो समयदेखि खानेपानी आयोजनामा आर्थिक हिनामिना भएको भन्दै वडा कार्यालयमा दवाव दिंदै आएका उपभोक्ताहरुलाई शनिवार विहान नगरप्रमुख धुर्ब प्रसाद खरेलले छलफलको लागि बोलाएपनि आफुहरुलाई समय नदिईएको भन्दै स्थानियले पालिका कार्यालय प्रांगणमा प्रदर्शन गरेका हुन।
देवदह रेहरा खानेपानी तथा सरसफाई संस्थाको लागि लुम्बिनी प्रदेशबाट ७९ लाख बजेट विनियोजन भएको र उक्त रकम पदाधिकारीहरुले मनोमानी तरिकाले खर्च गरेको आमउपभोक्ताहरुको आरोप छ । संस्थाका पदाधिकारीसंग खानेपानी निर्माणमा भएको खर्चको हिसाबकिताब माग्दा हिसाब दिन ईन्कार गर्ने गरेकोले आफूहरू बाध्य भएर आन्दोलित हुनुपर्ने जनाएका छन्।
स्थानीय अभियन्ता अशिम श्रेष्ठ लगायतको नेतृत्वमा पालिकामा प्रदर्शन दिईरहेका स्थानियहरूले आफ्ना माग सम्बोधन गर्न र खानेपानी जस्तो संस्थामा भ्रस्टाचार नगर्न अनुरोध गरेका छन्। स्थानीय दुर्गाप्रसाद बगालेले खानेपानी तथा सरसफाई संस्थाले हिसाबकिताब पारदर्शी नगरेकोले आफूहरू बाध्य भएर आन्दोलित हुन परेको बताए ।
नगरपालिका कार्यालय घेराउ पश्चात गठित संघर्ष समितिले एक प्रेस वक्तब्य जारि गर्दै वडा समितिको रोहवरमा गठन गरिएको उपभोक्ता समितिका सचिव मोहनलाल चौधरीलाई कुनै निर्णय विना बर्खास्त गरी अर्को सचिव बनाईएको र उनी 'अबैध' सचिवले सबै काम कारवाही अगाडी बढाएको आरोप लगाएको छ।
उपभोक्ता समितिबाट थाहै नदिई हटाईएका उनै सचिव मोहनलाल चौधरीको संयोजकत्वमा गठित संघर्ष समितिले जारि वक्तब्यमा संस्थाका हिसाबकिताब पारदर्शी नभएको, किर्ते कागज गरी रकम हिनामिना गरेकोले हिसाब तत्काल सार्वजनिक गर्नुपर्ने माग गरिएको छ । खानेपानी जस्तो पवित्र ठाउँमा राजनैतिक दलको आडमा भ्रष्टाचार भएकोले नगरपालिकाले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उपभोक्ताहरुले माग गरेका छन् ।
साथै पुस २० गते बिहिबार वडा नम्बर ११ मै नगरप्रमुख सहित छलफल गरिने र त्यहाँबाट पनि निकास आउन नसके आफूहरू न्यायको लागि राज्यका अन्य निकायमा जाने र दोषीलाई कारवाही गरेरै छाड्ने उनीहरूले प्रतिवद्धता जनाएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology