Logo

२०८३, आश्विन ९गते


images
images

गुल्मीको लेकपोखरामा माघेसक्रान्ति मेला लाग्ने

गुल्मीको लेकपोखरामा माघेसक्रान्ति मेला लाग्ने

images
  • गुल्मीको लेकपोखरामा माघेसक्रान्ति मेला लाग्ने
    images
    images

    गुल्मी । गुल्मीको लेकपोखरामा मेला लाग्ने भएको छ । लेकपोखरा मेला व्यवस्थापन समितिको आयोजनामा पुष २९, ३० र माघ १ गते गरी तीनदिनसम्म मेला लाग्ने भएको हो । 

    images
    images
    images

    मालिका गाउँपालिका वडा नं ५ छापहिलेस्थित लेकपोखरा क्षेत्र पश्चिम नेपालको एक ऐतिहासिक, प्राकृतिक तथा धार्मिक क्षेत्र हो । यो क्षेत्रमा ऐतिहासिक लेकपोखरी, ऋषिकेश मन्दिर, मालिका मन्दिर, शिद्धको मन्दिर, उल्टे ओढार,(उल्टे ढुङ्गा ) घोडाको छाप तथा विभिन्न रमणिय स्थानहरु रहेका छन् । प्राकृतिक तथा धार्मिक दुवै दृष्टिकोणले यो क्षेत्र एउटा महत्वपूर्ण क्षेत्र रहि आएको छ । 

    images
    images
    images

    यस लेकपोखरा क्षेत्रमा एउटा मालिका मन्दिर रहेको छ । यो मन्दिर ऐतिहासिक एवं धार्मिक रुपमा अति नै महत्व बोकेको रहेको छ । साविकका गाविस हरु छापहिले, अर्जें तथा अमरपुर समेत बाट यो मन्दिरमा देवि मालिकाको पुजा आजा गर्न मानिसहरु आउने गर्दछन । यो मन्दिरमा नागको ठुलो शक्ति रहेको जानकारहरु बताँउछन् । यो मन्दिरको पूर्ननिर्माणको पूर्वसन्ध्यामा यसको विधिवत रुपमा निर्माणको क्रममा धार्मिक तथा बौद्धिक व्यक्तिहरुसंग परामर्श लिने क्रममा वाचन सम्राट प. भिमकान्त पन्थीले यस मन्दिरमा नागको समेत ठुलो शक्ति छ भनि वताएको र पूरानो मन्दिर भत्काउने क्रममा मन्दिरभित्र नै नाग भेटिएको उक्त मन्दिर निर्माणमा संलग्न व्यक्तिहरु बताँउछन् । यो परिदृष्टिले समेत यो मन्दिरको धार्मिक विश्वास र मान्यता अझ बढ्दै गएको छ ।

    images
    images
    images

    यसका साथै यो मन्दिर छेउवाट घोडाको छापसमेत देख्न सकिनुले पनि यो क्षेत्र एक ऐतिहासिक क्षेत्र रहेको कुरामा दुईमत छैन । त्यस्तै त्यस ठाउँमा अर्को महत्त्वपूर्ण ठाउँकाे रुपमा शिद्धको मन्दिर रहेको छ  ।

    तिखेचुलीको डाँडामा रहेको छ शिद्धको मन्दिर । यो मन्दिरमा पनि शिद्ध भगवानको अलौकीक शक्ति रहेको जनविश्वास रहेको छ । यस मन्दिरमा भाकल गरी मागेको वर पूरा हुने जनविश्वास रहेको छ । नागपञ्चमी र ज्येष्ठ शुक्ल पञ्चमीका दिन यस मन्दिरमा पूजाआजा हुने गर्दछ । शिद्धकापाती रहेको शिद्धको अर्को मन्दिरमा पनि सोही दिन पूजाआजा हुने गर्दछ । यस मन्दिरमा पनि अलौकिक शक्ति रहेको छ । शिद्धकापाती हुँदै जाने मोटरवाटो निर्माणको क्रममा यस मन्दिरको छेउमा रहेको रुख ढाल्ने क्रममा चलिरहेको डोजर रोकिएको र शिद्ध भगवान प्रति शरण परी ध्वजा वाँधेपछि डोजर पून चलेको परिघटनाले पनी यस मन्दिरमा रहेको अलौकिक शक्तिको विस्वास गर्ने आधार रहेको स्थानीय ठगिस्वर गिरि बताउँछन् ।

    पुस २९, ३० र माघ १ गते गरि तीनदिनसम्म सञ्चालन हुने माघेसक्रान्ति मेलामा राष्ट्रिय कलाकारद्वारा संस्कृतिक कार्यक्रम, कृषि उत्पादन प्रदर्शनी तथा उत्कृष्ट कृषक सम्मान, पञ्चेबाजा प्रदर्शनी, भजन प्रस्तुती, खुला भलिवल प्रतियोगिता लगाएत कार्यक्रम सञ्चालन हुने मेला आयोजक समितिका संयाेजक चन्द्र बहादुर महताराले बताएका छन। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माघेसक्रान्ति मेला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।