आँखा अघि कसैको तस्वीर डुल्न लाग्यो
खै किन हो गौंथलीले गुँडलाई भुल्न लाग्यो
आफैले आफ्नो घरको छाना उधार्न पहिले
बिर्सेछु कति समय यी सिन्का बटुल्न लाग्यो
दुख्ने रहर अझै छ मेरो यो दिलको सायद
अन्जान एक पिरती दिल भित्र फुल्न लाग्यो
अब देख्न सक्छु पक्कै उनलाई जून भित्र
बादलले घुम्टो खोल्यो आकाश खुल्न लाग्यो
सोधेको मात्र के थ्यो पिउनुको राज उसले
भट्टी पसलको ऐना के के कबुल्न लाग्यो
रोमा लम्साल "नुरा" सप्तरी
हाल काठमाडौं
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology