गुल्मी । जीवन जिउन अनेकौँ सँघर्ष गरेका रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ अम्लपाटाका 'कान्छादाई' इन्द्र ज्ञवाली छाेराहरुले गरेकाे पौरखले खुसी देखिन्छन् । गाउँका सबै युवाहरु विदेशिदा इन्द्र ज्ञवालीका तीन छाेरा शिव, बसन्त र रामु ज्ञवालीको मनले गाउँ छाड्न मानेन । उनीहरू गाउँमै इलम गरेर बसेका छन । जेठा शिव ज्ञवालीले स्थानीय रिडीबजारमा मासु पसल गर्छन भने अरु दुई भाई घरमै बसेर खेतिपाती र पशुपालनको कार्य गर्छन।
याे परिवारले करिब १२ वर्षदेखि राँगोपालनलाई आफ्नो प्रमुख पेशा बनाएकाे छ र राँगाेपालनबाट वर्षमा ७-८ लाखसम्म आम्दानी हुने गरेकाे इन्द्र ज्ञवालीका जेठा छाेरा शिव ज्ञवाली बताउछन ।
मुख्यरुपले रुरुक्षेत्र गाउँपालिकाकाे वडा नम्बर ३ थालपतिकाे बसन्त पाेखरी, खाेरबारी पाेखरा, गौतमटाेल, फेक्लदि, फल्लेखर्क, स्यालपाेखरीका सातै वडा न १ काे च्यूरेककाे सबै क्षेत्रका भैसिपालक किसामहरुका लागि विउ-राँगाेकाे रुपमा उनले पालेकाे राँगाेकाे अत्यधिक माग हुन्छ ।
२०६६ सालबाट राँगाेपालन शुरु गरेकाे याे परिवारले शुरुमा एउटा भैंसी बालि जाँदा तीनसय पचास लिने गरेकाेमा १२ वर्ष वित्दा एउटा भैंसी बालि गए १ हजार ५ सय लिने गरेकाे बसन्त ज्ञवालीले बताए । 'दिनरात झरि वर्षा नभनि किसानहरुले बाेलाएका ठाउँमा पुगेका छौँ, किसानहरुले भैँसी वालि गएपछि पैसा पनि सजिलै दिनुहुन्छ' बसन्त भन्छन ।
वास्तवमा राँगाे पालन धेरै गाह्रो छ । स्याहार-सुसार खान्किकाे सबै व्यवस्थापन गर्नु पर्ने भएकाले महँगाे त छ तर पनि याे व्यवसायमा लागियाे परिश्रम गरे आम्दानी पनि राम्रै हुने रहेछ भन्ने लागेको शिव ज्ञवालीकाे बताउछन । 'सिजनमा त दिनमै ५-६ ठाउँपनि राँगाे लिएर जानुपर्छ, व्यवसाय नै यहि भएपछि नाई भन्नभएन' उनले भने ।
उनले पालेकाे राँगाे उन्नत जातकाे हाे । 'हामी तिनै भाई घरमै छौँ, म रिडीमा फ्रेस हाउस गर्छु, भाईहरुले राँगाे पालन गरेका छ। राम्ररी नै घर चलेकाे छ' मुहारमा खुसी ल्याउँदै शिव ज्ञवाली बताउछन । 'विदेश तिर गएपनि दु:खै हाे बरु आफ्नो गाउँमा दु:ख गर्न जाति यहि साेँचेर गाउँमै बसेर व्यवसाय गरेका छौँ, चलेकै छ' उनी भन्छन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology