काठमाडौ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । सभामा बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५ सय १ रुपैयाँको १३ प्रतिशत बराबर बोनस सेयर बापत ५९ करोड ६८ लाख १३ हजार ५ सय ५५ रुपैयाँ र १.५ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि ) ६ करोड ८८ लाख ६३ हजार १ सय २ रुपैयाँ गरी ६६ करोड ५६ लाख ७६ हजार ६ सय ५७ रुपैयाँ लाभांश प्रस्ताव पारित भएको छ ।
यो लाभांश वितरण गरेपछि चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ पुग्ने बैंकले जनाएको छ । यसबाहेक साधारण सभामा गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान पनि गरिएको छ । बैंकको आन्तरिक मूल्यांकन अनुसार पुतलीबजार शाखा प्रथम, ईमाडोल शाखा दोस्रो, बयरघारी शाखा तेस्रो र हेम्जा शाखा चौथो भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology