Logo

२०८३, कार्तिक २७गते


images
images

देवदह नगरपालिकाको आवधिक योजना तर्जुमा गोष्ठी सम्पन्न 

देवदह नगरपालिकाको आवधिक योजना तर्जुमा गोष्ठी सम्पन्न 

images
  • देवदह नगरपालिकाको आवधिक योजना तर्जुमा गोष्ठी सम्पन्न 
    images

    देवदह  । देवदह नगरपालिकाले स्थानीय तहको आवधिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । स्कलर नेपालको प्राविधिक सहयोगमा आइतबार देवदहमा आवधिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको हो । 

    images
    images
    images

    गोष्ठीको सहजीकरण गर्दै स्कलर नेपालका डा. केशव आचार्यले विकास निर्माणमा स्थानीय तहको सरकारको काम महत्वपूर्ण रहने भएकाले संभावना खोजेर योजना निर्माण गर्न आवश्यक रहेको औल्याए । योजना निर्माण गर्दा प्राथमिकरण गरेर विकास निर्माणका योजना अगाडि सार्नुपर्नेमा जोड दिंदै आचार्यले स्थानीय तहले अगाडि सारेको भिजनलाई कार्यान्वयन गर्ने गरी योजना तर्जुमा गर्नुपर्ने बताए । योजना निर्माण गर्दा समस्या पहिचान गर्न आवश्यक रहेको औल्याउदै स्थानीय तह जिम्मेवारीको हिसाबले महत्वपूर्ण रहेको उनको भनाई थियो । विकास निर्माणको काम गर्नु भन्दा पहिला दीर्घकालिन सोच बनाउन आवश्यक रहेको बताउंदै उनले  आगामी २०८०÷०८१ को योजना निर्माण गर्दा प्राथमिकरण गर्न आवश्यक रहेकोमा जोड दिए।  

    images
    images
    images
    324224884_615775297220264_8944034143574891124_n.jpg

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले सकारात्मक सोचले मात्र विकास निर्माण गर्न सकिने बताए । देवदहलाई नमुना नगरको रुपमा विकास गर्ने गरी अगाडि बढेको उल्लेख गर्दै उनले योजना बिना कुनै पनि विकास निर्माणका काम गर्न नसकिने भएकोले नगरपालिकाले पञ्चबर्षीय योजनालाई विशेष महत्व दिएर लागिरहेको बताए  ।  देवदह गौतम बुद्धको मावली रहेकोले देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्ने गरी योजना निर्माण गर्ने नगर प्रमुख खरेलको दावी छ। 

    images
    images

    नगरप्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र अधिकृत  गंगाप्रसाद पन्थीको संचालनमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, कार्यपालिका सदस्य, नगर सभा सदस्य तथा शाखा प्रमुखहरुको सहभभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।