Logo

२०८३, आश्विन ११गते


images
images

सत्ता गठबन्धनको प्रदेश भागवण्डा

सत्ता गठबन्धनको प्रदेश भागवण्डा: कहाँ कसको मुख्यमन्त्री, सभामुख र उपसभामुख?

सत्ता गठबन्धनको प्रदेश भागवण्डा: कहाँ कसको मुख्यमन्त्री, सभामुख र उपसभामुख?

images
  • सत्ता गठबन्धनको प्रदेश भागवण्डा: कहाँ कसको मुख्यमन्त्री, सभामुख र उपसभामुख?
    images
    images

     काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनकाे बाँडफाँट टुंगिएको छ । दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो ।

    images
    images
    images

    सहमतिअनुसार गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालाे सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् ।
     
    प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

    images
    images
    images

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जसपाका उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङदेन तथा जनमत पार्टीका सीके राउतको सहभागीता रहेको थियो ।

    images
    images
    images

    सहमति अनुसार अब ७ बटै प्रदेशमा यस्तो बन्ने छ सरकार: 

    मुख्यमन्त्री:
    प्रदेश १ - एमाले 
    मधेश प्रदेश - जसपा र जनमत पार्टी आलोपालो 
    बाग्मती प्रदेश - माओबादी र एमाले आलोपालो 
    गण्डकी प्रदेश - एमाले 
    लुम्बिनी प्रदेश - एमाले 
    कर्णाली प्रदेश - माओवादी 
    सुदुर पश्चिम प्रदेश - एमाले र माओवादी आलोपालो 

    सभामुख: 
    प्रदेश १ - माओवादी 
    मधेश प्रदेश - एमाले 
    बाग्मती प्रदेश - राप्रपा 
    गन्डकी प्रदेश - माओवादी 
    लुम्बिनी प्रदेश - माओवादी 
    कर्णाली प्रदेश - एमाले 
    सुदुर पश्चिम प्रदेश - माओवादी 

    उपसभामुख: 
    प्रदेश १ - एमाले 
    मधेश प्रदेश - जनमत पार्टी 
    बाग्मती प्रदेश - माओवादी 
    गन्डकी प्रदेश - एमाले 
    लुम्बिनी प्रदेश - राप्रपा 
    कर्णाली प्रदेश - माओवादी 
    सुदुर पश्चिम प्रदेश - नागरिक उन्मुक्ति पार्टी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।