Logo

२०८३, आश्विन ११गते


images
images

बागमती र गण्डकीमा मुख्यमन्त्रीको दाबी पेस गर्दै जम्कटेल र अधिकारी

बागमती र गण्डकीमा मुख्यमन्त्रीको दाबी पेस गर्दै जम्कटेल र अधिकारी

images
  • बागमती र गण्डकीमा मुख्यमन्त्रीको दाबी पेस गर्दै जम्कटेल र अधिकारी
    images
    images

    काठमाडौँ । बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वका लागि आज दाबी पेस हुँदैछ । बागमतीमा नेकपा माओवादी केन्द्र र गण्डकीमा एमालेले मुख्यमन्त्रीसहित सरकारको नेतृत्वका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्दै छन् । दुवै प्रदेशमा एमाले, माओवादी र राप्रपाबीच सहकार्यका आधारमा मूख्यमन्त्रीको दाबी पेस गर्ने तयारी छ । 

    images
    images
    images

    माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य समेत रहेकी सांसद कुमारी मोक्तानले सोमबार दिउँसो २ बजेसम्ममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न जाने तयारी भएको बताइन् । ‘हामी छलफलमै छौ, २ बजेभित्र मुख्यमन्त्रीकोमा जाने तयारी छ’,मोक्तानले भनिन्, ‘माओवादी, एमाले र राप्रपाका सांसदको समर्थन हुन्छ ।’ 

    images
    images
    images

    ११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ । एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसद रहेका छन् । यो सङ्ख्या सरकार बनाउन बहुमत पुग्छ । 
      
    यता गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका स्थायी कमिटी सदस्य समेत रहेका एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दै छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दाबी पेस गर्न दिएको समय सीमा सोमबार चार बजे सकिने भएकाले त्यसअघि प्रदेश प्रमुखसमक्ष सरकारको नेतृत्वका लागि दाबी पेस गर्ने तयारी रहेको एमाले केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन् । ‘माओवादी र राप्रपाको समर्थनमा सरकारको नेतृत्वका लागि दाबी पेस गर्दैर्छौँ’, अर्यालले भनिन् ‘त्यसअघि सत्ता साझेदार दलहरुबीच छलफल चलिरहेको छ ।’

    images
    images
    images

    गण्डकी प्रदेशसभामा एमाले दोस्रो ठूलो दलको हैसियतमा  छ । १२ प्रत्यक्ष र १० समानुपातिक गरी एमालेका २२ सांसद छन् । ५ प्रत्यक्ष र ३ समानुपातिक गरी ८ सांसद माओवादीका छन् भने राप्रपाका २ सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सिट आवश्यक पर्दछ । सरकार गठनका लागि तीन दललाई बहुमत पुग्नेछ ।

    सत्ता साझेदार दलहरुबीच आइतबार साँझ भएको सहमति अनुसार सात प्रदेशमध्ये एमालेले प्रदेश १, गण्डकी र लुम्बिनी पुरै कार्यकाल तथा माओवादीले कर्णाली, आलोपालो अन्तर्गत बागमतीमा (पहिला माओवादी) सुदूरपश्चिममा (दोस्रो कार्यकाल )सरकारको नेतृत्व गर्ने बताइएको छ । एमालेले सरकारको नेतृत्व गरेका प्रदेशमा माओवादीबाट सभामुख र माओवादीले सरकारको नेतृत्व गरेका प्रदेशमा एमालेका सभामुख हुनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।