Logo

२०८३, कार्तिक २९गते


images
images

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डुको एकीकृत कारोबार सोमबार सुरु

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डुको एकीकृत कारोबार सोमबार सुरु

images
  • ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डुको एकीकृत कारोबार सोमबार सुरु
    images

    काठमाडौँ। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौ एकीकृत कारोबार सोमबार सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै बैंकको एकीकृत कारोबारको सोमबार शुभारम्भ गरेका हुन् ।

    images
    images
    images

    दुवै बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपछि बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार सोमबारदेखि ‘ग्लोबल आइएमई बैंक लिमिटेड’का नामबाट सुरु भएका छन । यी दुुई ठुला–ठुला बैंक मर्ज भएपछि ग्लोबल आइएमई बैंक मुलुककै ठूलो बैंक बनेको छ ।

    images
    images
    images

    मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४ खर्ब, कुल कर्जा ३ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी भएको बैंकले जनाएको छ ।

    images
    images

    नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

    दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरू, ४० लाख भन्दा बढी ग्राहकहरू रहनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।