कृष्ण अन्जान, गुल्मी । साँस्कृतिक र ऐतिहासिक धराेहरकाे रुपमा रहेकाे रुरुधाम क्षेत्रका इतिहास अत्यन्तै लामाे छ । विगतमा ऋषिमुनिहरुकाे पवित्र तपाेभुमी हुनुका साथै विभित्र काल खण्डमा यहाँ बनेका मठ-मन्दिर, पौवाहरु अहिले पनि छन । केही मठ-मन्दिरहरुका भग्नावशेषहरु पनि यहाँ भेटिने गरेका छन।
यसैक्रममा स्थानीय शाेभा भगवति मन्दिर परिसरमा एउटा पुरानो शिलालेख फेला परेकाे रिडीबजारका युवा सुन्दर कसजुले बताएका छन । फेला परेकाे शिलालेख कहिलेकाे हाे र यसमा के लेखिएको छ भन्ने यकिन गर्न गाह्राे भएकाले विशेषज्ञहरुलाई बाेलाउनु पर्ने उनकाे भनाई छ।
यसै प्रकृतिका शिलालेखहरु यसअघि पनि भेटिएका छन । रुरुधामकाे ऐतिहासिकतालाई झल्काउने खालका शिलालेख, अन्य शालिग्राम लगाएत रिडीबजारकाे पौराणिकता समेटेर रुरुधाममा यथासिघ्र रुरुधाम सँग्राहलयकाे स्थापना गर्ने हाे भने पुरातात्त्विक महत्त्वका यस्ता सामाग्रीहरुकाे सँरक्षण हुनेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology