Logo

२०८३, आश्विन १२गते


images
images

देवदह आदर्श बहुमुखी क्याम्पस र युगीनबिच सम्झौता

देवदह आदर्श बहुमुखी क्याम्पस र युगीनबिच सम्झौता

images
  • देवदह आदर्श बहुमुखी क्याम्पस र युगीनबिच सम्झौता
    images
    images

    रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ मा अवस्थित देवदह आदर्श बहुमुखी क्याम्पस र साहित्य, स्रष्टा र राष्ट्रप्रति समर्पित युगीन साहित्य समाज नेपालबिच साहित्यिक तथा विभिन्न पक्षमा सहकार्य गर्नेगरी सम्झौता एम्ओयु सम्पन्न भएको छ । मंगलबार क्याम्पसमा एक कार्यक्रम आयोजना गरी सम्झौता गरिएको हो । सम्झौतामा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख मित्रलाल न्यौपाने र साहित्य समाजको तर्फबाट अध्यक्ष सुशील सापकोटाले हस्ताक्षर गरेका थीए ।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मित्रलाल न्यौपाने साहित्य शैक्षिक कार्यक्रमै एक भाग रहेकाले शैक्षिक तथा साहित्यिक गतिविधी अगाडि बढाउन संस्थागत सहकार्य महत्वपूर्ण हुने बताए । सम्झौता गर्नुमात्र ठूलो कुरा नहुने उल्लेख गर्दै उनले सम्झौतालाई व्यवहारमा प्रयोग गर्नेतर्फ दुवै संस्थाहरु केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए । क्याम्पस प्रमुख न्यौपानेले परस्परमा सहयोग र सहकार्य गर्दै अगाडि बढ्न सके दुवै संस्थालाई आफ्ना क्रियाकलापहरु अगाडि बढाउन सहज हुने धारणा राखेका थीए । सम्झौता कार्यक्रममा बोल्दै युगीन साहित्य समाज नेपालका सुशील सापकोटाले संस्थाले विगत १२ वर्षको अवधिमा साहित्यिक गतिविधीहरु अगाडि बढाउँदै गर्दा देवदह आदर्श बहुमुखी क्याम्पस लगायतका शैक्षिक संस्थाहरुसँग विशेष रुपमा सहकार्य गरेको स्मरण गरे ।

    images
    images
    images

    उनले सहकार्यलाई थप प्रभावकारी बनाउन सम्झौता महत्वपूर्ण हुने विश्वास लिएको जानकारी दिए । अध्यक्ष सापकोटाले साहित्यमा लाग्न चाहने नयाँ पुस्तालाई मार्गदर्शन प्रदान गर्दै अवसर सृजना गर्न र साहित्यिक संस्थालाई क्रियाशील बनाउँदै साहित्यिक उन्नयनका लागि निरन्तर लाग्न शैक्षिक संस्थाहरुसँगको सहकार्यलाई महत्वपूर्ण ढंगले लिइएको बताए । सम्झौता अनुसार क्याम्पस तथा साहित्य समाजले अगाडि बढाउने विभिन्न कार्यक्रमहरुमा सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । साथै युगीन साहित्य समाजले क्याम्पसमा विभिन्न समयमा साहित्यिक अभियान, प्रशिक्षण तथा कार्यक्रम गरी साहित्यमा रुची राख्ने विद्यार्थीहरुलाई सहभागी गराई प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्ने सम्झौता भएको छ ।

    images
    images
    images

    ५ वर्षको लागि गरिएको सम्झौता अनुसार युगीन साहित्य समाजले यहि पौष महिनादेखि हरेक महिनाको अन्तिम शनिबार पुनः सुरु गर्न लागेको युगीन नियमित मासिक शृङ्खलासमेत क्याम्पसकै सभा हलमा सञ्चालन गर्नेछ । सहायक क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, क्याम्पसका प्राध्यापकहरु तथा साहित्य समाजका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्र संस्थाका उपाध्यक्ष गणेश न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।