Logo

२०८३, कार्तिक २९गते


images
images

देशभरका औद्योगिक क्षेत्रमा ‘पिक आवर’मा विद्युत कटौती

देशभरका औद्योगिक क्षेत्रमा ‘पिक आवर’मा विद्युत कटौती

images
  • सेतोमसी सहकर्मी
  • देशभरका औद्योगिक क्षेत्रमा ‘पिक आवर’मा विद्युत कटौती
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । नेपाल विद्युत प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रहरुमा दैनिक लाइन काट्न सुरु गरेको छ । भारतबाट विद्युत आयात प्रभावित भएको भन्दै प्राधिकरणले दैनिक विद्युत कटौति थालेको हो । विहारमा बिजुली उत्पादन कटौती भएका कारण बिजुलीको आयात पनि प्रभावित भएको प्राधिकरणको दाबी छ ।

    images
    images
    images

    यसैकारण प्राधिकरणले केही दिनका लागि भन्दै उद्योगहरुलाई जानकारी गराएरै साँझ र विहानको ‘पिक आवर’मा लाइन काट्न थालेको छ । प्राधिकरणले विद्युत कटौती थालेपछि उद्योगहरु मारमा परेका छन् ।

    images
    images
    images

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाका अनुसार दैनिक ९ घण्टासम्म अघोषित लोडसेडिङ हुन थालेको छ । ‘२४ घण्टा नै चल्ने उद्योगहरु बिजुली कटौतीले प्रभावित भएका छन्,’ उनले भने ।

    images
    images

    नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई विहारमा आकस्मिक रुपमा उत्पादन प्रणालीमा समस्या आएका कारण आयात रोकिन पुग्दा समस्या आएको बताउँछन् ।

    प्राविधिक कारण देखाएर ‘स्टेट इलेक्ट्रिसिटी’ले नेपालले आयात गरिरहेको बिजुली रोकेका कारण उद्योगहरुमा दैनिक ७ घण्टासम्म बिजुली आपूर्ति प्रभावित हुन पुगेको बताउँछन् । करिब एक सय मेगावाटभन्दा बढी बिजुलीको आयात प्रभावित भएपछि उद्योगहरुलाई जानकारी दिएरै विद्युत काट्न थालिएको उनले बताए ।

    विहान ७ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि १० बजेसम्म भारतबाट भइरहेको आयात प्रभावित भएकाले समस्या भएको उनको दाबी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।