Logo

२०८३, कार्तिक २९गते


images
images

लायनेस क्लब अफ बुटवलको ३७ औ चार्टरनाईट सम्पन्न

लायनेस क्लब अफ बुटवलको ३७ औ चार्टरनाईट सम्पन्न

images
  • लायनेस क्लब अफ बुटवलको ३७ औ चार्टरनाईट सम्पन्न
    images

    बुटवल  ।  लायनेस क्लब अफ बुटवलले ३७ औ चार्टर नाइट एक कार्यक्रमको आयोजना गरी मनाएको छ । यस क्षेत्रकै जेठो लायनेस क्लबको सन् १९८७ मा स्थापना भएको हो । क्लवले स्थापना दिवसको अवसर पारेर बुटवलमा ३७ औ चार्टरन नाईट कार्यक्रम गरेको हो । 
      लायनेस क्लब अफ बुटवल बर्ष २०२२÷२३ को अध्यक्ष मेनका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका पुर्व अध्यक्ष, सस्थापक सदस्य लगायतलाई सम्मान गरिको थियो ।
       
    कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालीकाका नगरप्रमुख खेलराज पाण्डेले लायनेस क्लव अफ बुटवल स्थापनाको ३७ औ बर्ष प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गरे  । समाजमा विभिन्न क्लवहरु स्थापना हुने र स्थापना भएको केही बर्षमै हराएर जाने गरेको बताउदै उनले लायनेस क्वल ३७ बर्ष सम्म पनि निरन्तर विभिन्न समाजीक कार्यक्रमहरु मार्फत समाजमा स्थापीत रहेको बताउदै क्लवको प्रगतीको कामना गरे । बुटवल लगायत यस क्षेत्रमा लायन्स क्लवको स्थापनामा पुर्व नगर प्रमुख समेत रहेका स्व सुर्य प्रसाद प्रधानको महत्वपुर्ण देन रहको स्मरण गर्दै उनले  लायन्स क्लवहरुले समाजमा रहेर थप महत्वपुर्ण कार्यक्रममा जोड दिन आग्रह गरे । आधु्निक बुटवलको निमार्णका लागी नगरले विभिन्न योजनाहरु अगाडी सारेको उल्लेख समृद्ध बुटवल निमाार्णको लागी सबैको सहकार्य आवश्यक रहेकोमा  उनको जोड थियो । 

    images
    images
    images

     कार्यक्रममा लायन्स जिल्ला ३२५ पी का प्रथम डिष्ट्रिक भाईस गर्भनर अर्जुनमान सैजुले लायनेस क्ल्व अफ बुटवलले समाजमा रहेर महिला नेतृत्व र महिललाई पनि सामाजीक कार्यमा जोड्ने अवसर प्रदान गरेको भन्दै धन्यवाद दिए । 

    images
    images
    images

    सन् १९८७ मा स्थापना भएको क्लवको स्थापना दिवसको अवसरमा आयोजीत चार्टर नाईट कार्यक्रममा क्लवले यस लायन्स बर्ष भित्र गरेका विभिन्न कार्यक्रमहरुको बृत्त चित्र समेत प्रस्तुत गरिएको थियो । चार्टर नाईट कार्यक्रम संयोजक सिता ध्वजुको स्वागतमा सम्पन्न कार्यक्रममा  सचिव मनिषा बज्राचार्यको संचालन रहेको थियो । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।