Logo

२०८३, आश्विन ९गते


images
images

ओमसतिया महोत्सवमा कुस्ती, झुमडा र टिकटक प्रतियोगिता हुने, नि:शुल्क प्रवेश दिइने

ओमसतिया महोत्सवमा कुस्ती, झुमडा र टिकटक प्रतियोगिता हुने, नि:शुल्क प्रवेश दिइने

images
  • ओमसतिया महोत्सवमा कुस्ती, झुमडा र टिकटक प्रतियोगिता हुने, नि:शुल्क प्रवेश दिइने
    images
    images

    देवदह । रुपन्देहीको नरैनापुरमा चौथो ओमसतिया कला संस्कृती महोत्सव २०७९ माघ १ गतेबाट सुरु हुने भएको छ । महोत्सवमा हुने कुस्ती प्रतियोगितामा पहलवान देवा थापाले सहभागीता जनाउने आयोजकले बताएका छन । ओमसतिया गाउपालिकाको वडा नम्बर ६ नरैनापुरमा रामजानकी मन्दिर रंगशाला सभाहल ब्यवस्थापनमा महोत्सव हुने आयोजकले बताएका छन ।

    images
    images
    images

    कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा माघ १ देखि ३ गतेसम्म कुस्ती महामुकाबला प्रतियोगिता, ५ गतेसम्म झुमडा तथा टिकटक स्टारहरुको प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा बेलुका ६ बजेदेखि बिराहा सास्कृतिक कार्यक्रमका साथ राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने आयोजक समितिका संयोजक तथा ओमसतिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शिव कुमार धवलले बताए ।

    images
    images
    images

    नरैनापुर रंगशालामा हुने महोत्सवमा स्थानिय उत्पादनहरुको प्रदर्शन तथा बिक्रि, कृषि प्रदर्शन, खाना उत्सव, माघिको अवसरमा खिचडी उत्सव तथा थारु संस्कृती झल्कने कार्यक्रम समेत हुनेछ। 

    images
    images
    images

    कार्यक्रममा प्रवेश निशुल्क हुने तथा स्टल राख्न चाहनेहरुले समेत कुनै शुल्क तिर्न नपर्ने आयोजकले बताएका छन । प्रतियोगितामा देवा थापा सहित भारत र नेपालका नामी पहलवानहरुले सहभागिता जनाउने धवलले बताए । यससंगै महोत्सवमा स्थानिय संस्कृतिको संरक्षण गर्नसांस्कृतिक कार्यक्रम समेत हुने उनले बताए ।

    बिगतमा २०७५ सालदेखि हुँदै आएको महोत्सव बिचमा १ पटक कोरोनाको कारणले हुन सकेको थिएन । महोत्सवको यो चौथो सस्करण हो । 

    महोत्सवमा कुल २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ। महोत्सबबाट बचत रकमले एम्बुलेन्स खरिदमा प्रयोग गरिने र एम्बुलेन्स खरिदमा सहयोगका लागि महोत्सव स्थलमा दान पेटिका पनि राखिने आयोजकले  बताएका छ्न।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।